default_image

10 years ago

September 10, 2015

ओलम्पिक संग्रहालयको मुख्य कार्यालयको शुभारम्भ ।

385 views

0 Bookmark

भदौ २४ , बिहिवार
नेपाली खेलकुद जगतका ऐतिहासिक तस्बिर, पोशाक, शिल्ड, ट्रफी, पदक लगायत विविध वस्तुहरुको संकलन, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालय नेपाल ओलम्पिक संग्रहालयको आज सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भुईतल्लामा विशेष पुजाका साथ मुख्य कार्यालयको संग्रहालयका संरक्षक तथा युवा तथा खेलकुद मन्त्री माननीय पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा शुभारम्भ भयो ।
Khel Mantri

दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालयको शुभारम्भगर्दै खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलको | तस्बिर – राखेप

उक्त अवसरमा प्रमुख अतिथि मन्त्री पौडेलबाट संग्रहालय कक्ष, लाइब्रेरी तथा कार्यालय कोठाहरुको निरिक्षण गर्नु भयो । उहा“बाट संग्रहालयको कार्यको प्रंशसा गर्दै यसको विकास विस्तारमा सबै खेल निकायहरुले सहयोग गर्नु पर्ने र आफुले पनि यसको लागि आवश्यक सहयोग गर्ने बारे विचार व्यक्त गर्नु भयो । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधान तथा महासचिव जीवनराम श्रेष्ठ (नवनिर्वाचित अध्यक्ष) को पनि उपस्थिति रहेको थियो ।
गत भदौं १६ गते नेपाल ओलम्पिक कमिटी र नेपाल ओलम्पिक संग्रहालयबीच मुख्य कार्यालय, लाइब्रेरी, लगायत संग्रहालयलाई अझ व्यवस्थित गर्न सम्झौता भएको थियो । यस संग्रहालयको त्रिपुरेश्वर, दशरथ रंगशालास्थित कार्यालयमा गैर ओलम्पिक खेलको संग्रहालय कक्ष र तथा साग खेलकुद सूचना केन्द्रको सञ्चालन गरिने छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.