default_image

9 years ago

September 11, 2015

श्रीराम स्मृती छात्र भलिबल भदौ २९ देखि

105 views

0 Bookmark

काठमाडौा २५ भदौ । आरुणी सेकेण्डरी स्कुलको आयोजनामा दोस्रो श्रीराम स्मृती अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता आगामी भदौ २९ देखि हुने भएको छ ।

6 (1)

पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल हिक्मत दाहालले विद्यालयस्तरको खेलकुदलाई प्रोत्सहान गर्न र समग्र खेल विकासलाई सहयोग पुर्‍याउन प्रतियोगिताको आयोजना गरीएको बताए । प्रिन्सीपल दाहालले प्रतियोगिताको कुल लागत १ लाख ८३ हजार रहेको जानकारी गराए । असोज २ सम्म संचालन हुने प्रतियोगिताको विजेताले ट्रफि,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई ट्रफि प्रदान गर्ने दाहालले जनाए । बालाजुको बसन्तनगरस्थीत आयोजक आरुणी स्कुलको कोर्टमा हुने प्रतियोगितामा २५ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक असोक काजि थापाले बताए । प्रतियोगिताका सहभागि टिमलाई चार समुहमा विभाजन गरी नकआउटको आधारमा सञ्चालन हुनेछ ।

 

 

December 14, 2024

ओलम्पियन संगिना नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]

December 14, 2024

नेपाली हक्की टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]

December 14, 2024

सिन्दारा र पूजाले एसियन एमेच्योर चेस खेल्ने

काठमाडौं ( हाम्रो खेलकुद) – चेसका ओलम्पियाड सिन्दारा जोशी र पूजा भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) मा आइतवार सुरु हुने एसियन एमेच्योर चेस च्याम्पियनसिपमा भाग लिने भएका छन्। उनीहरु शनिवार त्यसतर्फ प्रस्थान गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ ‌। युएई चेस फेडेरेशन र एशियन चेस फेडेरेशनबो तत्वावधानका अलएन चेस क्लब तथा माईण्ड गेमले आयोजना गरेको […]

Success

Thank you for your time.