default_image

10 years ago

September 11, 2015

एशियन भारोत्तोलनमा नेपालीहरुको राष्ट्रिय किर्तिमान

174 views

0 Bookmark

मित्र राष्ट्र बैककको फुकेतमा जारी ४५ औं पुरुष तथा २६ औं महिला एशियन भारोत्तोलन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई जारी राखेका छन् ।

6 (2)

शुक्रबार सम्पन्न प्रतियोगितामा ७५ केजी तौल माथिको खेलमा तारा देवी पुनले आफ्नो राष्ट्रिय किर्तिमानलाई तोड्ने क्रममा स्नाचमा ७१ र क्लिन एण्ड जर्कमा ९५ केजी तौल भार बहन गर्दै कुलमा १६६ केजीका साथ तिन राष्ट्रिय किर्तिमान कायम गरिन् । यस अघि चौथो ग्रााप्रिक्समा उनले स्नाचमा ६८ र क्लिन एण्ड जर्कमा ९४ सहित कुलमा १६२ केजीको किर्तिमान राखेकी थिईन् ।
त्यस्तै १०५ केजी तौलमा गगन वलीले स्नाचमा ११३ केजी तौल भार बहन गर्दै राष्ट्रिय किर्तिमान राखे । यो किर्तिमान मदन शिवभक्तिको नाममा रहेको थियो । उनले आठौं साफमा ११२ केजी तौलको राष्ट्रिय किर्तिमान राखेका थिए । गगनले क्लिनमा १३७ केजी भार बहन गरे । यसको किर्तिमान मदनको नाममा १५५ केजीको रहेको छ ।
किर्तिमान राख्नेक्रममा पुकार गुरुङ्गले १०५ केजी माथी स्नाचमा १२३ केजी भारका साथ किर्तिमान राखे । यस विधामा गोपाल बहादुर श्रेष्ठकोनामा १२२ केजी को रेकर्ड रहेको थियो । उनले यो रेकर्ड ईस्लामाबादमा भएको नवौं साफमा राखेका थिए । पुकारले क्लिन एण्ड जर्कमा १४२ केजी भार वहन गरे ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.