default_image

3 years ago

June 23, 2021

नेपालगन्जमा मनाइयो ओलम्पिक डे

नेपालगञ्ज (हाम्रो खेलकुद) – नेपाली खेलकुदका दुई ठूला इभेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल र धारा नेपालगन्ज म्याराथनको आयोजन एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ ह्याण्ड्सको संयोजनमा बुधबार नेपालगन्जमा ओलम्पिक डे मनाइएको छ । ओलम्पिक डेमा प्रदेश सांसददेखि खेलकुद पदाधिकारीले नेपालगञ्जको खेलकुदको चर्चा गरेका हुन् । प्रदेश सांसद कृष्णा केसी नमूनाले महिला सशक्तिकरणका लागि नेपालगञ्जमा हुँदै […]

38 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद) – नेपाली खेलकुदका दुई ठूला इभेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल र धारा नेपालगन्ज म्याराथनको आयोजन एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ ह्याण्ड्सको संयोजनमा बुधबार नेपालगन्जमा ओलम्पिक डे मनाइएको छ । ओलम्पिक डेमा प्रदेश सांसददेखि खेलकुद पदाधिकारीले नेपालगञ्जको खेलकुदको चर्चा गरेका हुन् ।

प्रदेश सांसद कृष्णा केसी नमूनाले महिला सशक्तिकरणका लागि नेपालगञ्जमा हुँदै आएको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता र नेपालगञ्ज म्याराथनले नेपालगञ्जको मात्रै नभएर देशकै खेलकुदमा योगदान पु¥याएको बताउनुभयो । पछिल्लो दुई वर्षदेखि प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको मूल आयोजक समितिको संयोजक रहनु भएकी प्रदेश सांसद नमूनाले अबका दिनमा यस प्रतियोगितामा अन्तर्राष्ट्रिय टीमको सहभागिता बढाउने बताउनुभयो ।

‘दश वर्ष महिला सशक्तिकरणकै लागि हामी लडेका हौ । महिला शसक्तिकरणको सवालमा म सानो पदमा रहेर पनि काम गर्न चाहन्छु, प्रदेश सांसद नमूनाले भन्नुभयो, ’प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको मूल आयोजक समितिको संयोजक भएर काम गर्दा मलाई सन्तुष्टि मिलेको छ ।’

क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम वलीले नेपालगञ्ज म्याराथन र प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताले उचाई लिदै गएको बताउनुभयो । ‘प्रधानमन्त्री कप महिला भलिबल र नेपालगञ्ज म्याराथनमा विदेशीको सहभागिता बढाउदै जाने रणनीति बनाइरहेका छौं, यी दुई प्रतियोगिताले नेपालगञ्जलाई नेपालमा मात्रै नभएर विश्वमै चिनाइरहेको छ, वलीले भन्नुभयो, –’नेपालगञ्ज म्याराथनबाट छानिएका गोपीकृष्ण पार्की ओलम्पिकमा छानिएका छन् । यसबाटै नेपालगञ्ज म्याराथनको उचाई झल्किन्छ ।’

नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारीले क्रियटिभ ह्याण्डसले रचनात्मक काम गरिरहेकाले आफ्नो तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता गर्नुभयो । क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले सबैको साथ र सहयोगले गर्दा प्रधानमन्त्री कप महिला भलिबल र नेपालगञ्ज म्याराथनले नेपालगञ्जलाई चिनाउने काम भइरहेको बताउनुभयो । उहाँले आफूहरुले दिग्गज व्यक्तित्वहरुको बारेमा कितावको काम समेत गरिरहेको उल्लेख गर्दै यो वर्ष केही पुस्तक प्रकाशनको तयारीमा रहेको जानकारी दिनुभयो ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं. ५ का कार्यालय प्रमुख महेश चन्द, एथलेटिक्सका मुख्य प्रशिक्षक एवं धारा नेपालगञ्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक विक्रम थापा, प्रशिक्षक हृदयचन्द्र मास्केलगायतले उपस्थितिमा ओलम्पिक डेसँगै पत्रकार जनक नेपालको जन्म दिनको अवसरमा केक काटिएको थियो । पत्रकार नेपाल नेपालगन्ज म्याराथन परिकल्पनाकार मध्ये एक हुनुहुन्छ ।

सो अवसरमा क्रियटिक बुक्सले प्रकाशन गरेको खेलकुदका दुई वटा किताव ओलम्पियन र कप्तान १९९८ मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं. ५ का कार्यालय प्रमुख महेश चन्दलाई उपहार दिइएको थियो । क्रियटिब बुक्सले सात वटा किताव प्रकाशन गरिसकेको छ ।

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

Success

Thank you for your time.