default_image

4 years ago

July 10, 2021

राखेप बोर्डको पहिलो बैठक अर्को साता

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक अर्को साता बस्ने भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि गठन भएको राखेपको पहिलो बैठक बस्न लागेको हो ।

बोर्ड बैठक असार ३० गते बस्ने तयारी गरिएको राखेप श्रोतले जानकारी दियो । गत वर्ष असार १७ गते ऐन लागू भएको थियो । नयाँ ऐन लागू भएपछि त्यसअनुसार राखेपका उपाध्यक्ष, सदस्य सचिव र अन्य सदस्यहरुको चयन भएको थियो । ३७ सदस्यीय बोर्डमा केहि पदेन सदस्यहरुको नाम सम्बन्धित संस्थाले पठाउन बाँकी रहेको बताइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी), नेपाल उद्योग वाणिज्य महासंघ र विश्व विद्यालयले आफ्ना प्रतिनिधि पठाउन बाँकी छ ।

सदस्यहरुलाई बुधबार बैठक बस्ने जानकारी फोनमार्फत दिइसकेको छ । त्यसअघि बोर्ड बैठकको एजेण्डा तय गर्न राखेप कार्यकारी समितिको बैठक आइतबार डाकिएको छ । कार्यकारी समितिले बोर्ड बैठकमा प्रस्तुत गरिने बार्षिक योजनालाई अन्तिम रुप दिने जनाएको छ । पहिलो पटक हुने बैठकमा विविध शिर्षमा अन्य थुप्रै विषय समेटिने सम्भावना पनि रहेको छ ।

ऐनमा वर्षमा कम्तीमा दुई पटक बोर्ड बैठक बस्नु पर्ने उल्लेख छ । नयाँ बोर्ड गठन भएको वर्ष दिन पुग्न लाग्दा अहिले सम्म बैठक बसेको छैन । ऐन लागू भएयता राखेपका अध्यक्ष रहने युवा तथा खेलकुद मन्त्री तीन जना फेरिइसकेका छन् । ऐन लागू गर्दा जगतबहादुर विश्वकर्मा युवा तथा खेलकुद मन्त्री थिए भने त्यसपछि दावा लामा, एकबाल मियाँले मन्त्रालय सम्हालेका थिए । अहिले कृष्णगोपाल श्रेष्ठ खेलकुद मन्त्री छन् । श्रेष्ठको अध्यक्षतामा राखेप बोर्ड बैठक बस्नेछ ।

‘बोर्ड बैठक बुधबार बस्ने भनेर फोनबाट जानकारी आएको छ । एजेण्डा सायद आइतबार सम्म आउँला,’ राखेपका एक बोर्ड सदस्यले भने, ‘बार्षिक कार्यक्रम र बजेट, नवौं राष्ट्रिय खेलकुदको मिति तयलगायत थुप्रै विषयमा छलफल हुन सक्ने सम्भावना छ ।’ बोडै बैठक नराखेको भन्दै केहि अघि राखेपकै सदस्यद्वय सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठले राखेप सदस्य सचिव रमेश सिलवालको आलोचना गरेका थिए ।

तर, बोर्ड बैठक भने ऐन अनुसार बोर्डका अध्यक्ष रहेको युवा तथा खेलकुद मन्त्रीले डाक्नुपर्ने हुन्छ । राखेप बोर्डको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्ने तथा सदस्य सचिवले अध्यक्षसँगको परामर्शमा बैठकमा छलफल गर्ने विषयको सूचिसहित सुचना बोर्ड सदस्यलाई पठाउनुपर्ने हुन्छ ।

कार्यकारी समितिका लागि २ सदस्य मनोनय बाँकी

खेलकुद विकास ऐन अनुसार राखेप सञ्चालनका लागि ७ सदस्य कार्यकारी समितिको व्यवस्था छ । तर, त्यसले पनि पूर्णता पाउँन बाँकी छ । सदस्य सचिवको सदस्य सचिवको संयोजत्वमा रहेने कार्यकारी समितिमा युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख र राखेपका विभागिय प्रमुख पदेन सदस्यको रुपमा रहेका छन् ।

बाँकी ४ मध्ये २ जना राखेपका अध्यक्षका रुपमा तत्कालिन खेलकुद मन्त्री दावा लामाले एकेन्द्र कुँवर र नन्दा बस्याललाई मनोनित गरेका थिए । अब बाँकी एक महिला र पुरुष सदस्यमध्येबाट बोर्डले मनोनित गर्ने ऐनको व्यवस्था छ । लुम्बिनी प्रदेशमा २०७५/ ०७६ मा आठौं राष्ट्रिय खेलकुदको समापनका क्रममा राखेप बोर्ड बैठक बसेको थियो । तत्कालिन अध्यक्ष विश्वकर्माको उपस्थिति नहुँदा तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.