9 years ago
September 12, 2015
छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आइतबार टर्कीको साम्सन प्रस्थान गर्ने भएको छ ।
सेप्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा पुरुषको के ४३ समूहमा अनित थापा र चिन्ताबहादुर कुावरले प्रतिस्पर्धा गर्ने छन् । महिलाको के ४४ समूहमा सीता भण्डारीले भाग लिने छिन् ।
टिम व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य रवि थापा तथा प्रशिक्षकमा कल्याण कुावर रहेका छन् ।
त्यस्तै टर्कीमै सेप्टेम्बर १४ देखि १६ तारिखसम्म हुने क्लासिफायर सेमिनारमा नेपालबाट अच्युत्तम लामिछाने र लोकेन्द्र आचार्यले सहभागिता जनाउने छन् ।
डब्लुटीएफको बैठकमा सहभागी हुन तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र सदस्य कासिम मिया पनि टोलीसंग टर्की जाादैछन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच शनिबार बिदाइ गरे । नेपालले विश्व पारा तेक्वान्दोमा दुई पदक जितेको छ । दुवै पदक यादव कुावरले जितेका हुन् । उनले चौथो र पााचौं संस्करणमा क्रमश: कांस्य र रजत जितेका थिए ।
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]
December 14, 2024
काठमाडौं ( हाम्रो खेलकुद) – चेसका ओलम्पियाड सिन्दारा जोशी र पूजा भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) मा आइतवार सुरु हुने एसियन एमेच्योर चेस च्याम्पियनसिपमा भाग लिने भएका छन्। उनीहरु शनिवार त्यसतर्फ प्रस्थान गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ । युएई चेस फेडेरेशन र एशियन चेस फेडेरेशनबो तत्वावधानका अलएन चेस क्लब तथा माईण्ड गेमले आयोजना गरेको […]