9 years ago
November 6, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार जापानको टोकियो प्रस्थान गर्दैछ ।

नोभेम्बर ८ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान एक पुरुष÷महिला खेलाडीले भाग लिने छन् । पुरुषको ६२ केजीमा प्रकाश केसी सहभागी हुनेछन् । कमला श्रेष्ठले महिला ५८ केजीमा प्रतिस्पर्धा गर्नेछिन् । प्रकाशले युथ र जुनियर दुवैमा खेल्नेछन् भने कमलाले जुनियरतर्फ मात्र सहभागिता जनाउने छिन् । प्रकाशले नोभेम्बर ११ र कमलाले नोभेम्बर १२ तारिखमा खेल्ने कार्यक्रम छ ।
प्रकाशको उत्कृष्ट प्रदर्शन स्न्याचमा ९३ केजी र क्लिन एन्ड जर्कमा १२० केजी रहेको छ । स्न्चाचमा ५८ केजी र क्लिन एन्ड जर्कमा ७३ केजी कमलाको व्यक्तिगत उच्च प्रदर्शन हो । ३५ भन्दा बढी राष्ट्रको सहभागिता रहने नेपाल भारोत्तोलन संघले जनाएको छ । टिम प्रशिक्षकमा ओलम्पियन एवं भारोत्तोलन प्रमुख प्रशिक्षक सुनीललाल जोशी तथा व्यवस्थापकमा सञ्जय महर्जन छन् ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डन र महासचिव पार्थ सारथी सेन गुप्त पनि टोलीसंगै टोकियो जाँदैछन् । टण्डन नोभेम्बर ९ तारिखमा हुने एसियाली कोंग्रेस र एसियाली भारोत्तोलनको कार्यकारी बैठकमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । दक्षिण एसियाली भारोत्तोलन संघका उपाध्यक्ष समेत रहेका टण्डन एसियाली भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद युसुफ अल्मानाका एसिस्टेन्ट हुन् ।
कोंग्रेसमा सन् २०१७ को जुलाइमा हुने युथ, जुनियर तथा सिनियर भारोत्तोलन च्याम्पियनसिपको अन्तिम ‘बिडिङ’ पनि हुनेछ । त्यसमा नेपालले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेको महासचिव गुप्तले जानकारी गराए । नेपालले उक्त प्रतियोगिता आयोजनाको जिम्मेवारी पाउने प्रबल सम्भावना रहेको गुप्तले बताए ।
नेपालले यसअघि सन् २०१५ को अगष्टमा सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिप आयोजनाको जिम्मेवारी समेत पाएको थियो । तर, २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण त्यो सम्भव भएन । पछि त्यो प्रतियोगिता थाइल्यान्डले सन् २०१५ कै सेप्टेम्बरमा आयोजना गरेको थियो ।
एसियाली प्राविधिक कमिटीका सचिव गुप्त प्रतियोगिता सञ्चालन गर्न जापान जान लागेका हुन्। गुप्त अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघअन्तर्गत अनुशासन कमिसनका सदस्य पनि हुन् । युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेल पनि मन्त्रालयको प्रतिनिधिका रुपमा टोलीसंग जापान जानेछन् । टोलीलाई नेपाल भारोत्तोलन संघका पदाधिकारीलगायतले एक कार्यक्रमबीच सातदोबाटोमा आइतबार एक कार्यक्रमबीच दिबाइ गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]