10 years ago
September 13, 2015
काठमाडौ, २७ भदौ ।
भारतको पुनेमा भएको वाको एसियन किक बक्सीङमा पदक विजेता आरति तामाङ र विन्दा नेपालीलाई आइतबार एक कार्यक्रमका विच सम्मान गरीएको छ ।
पदक विजेता खेलाडीलाई ओखलढुङ्गा–काठमाडौ एमाले सम्पर्क मञ्चले सम्मानपत्र र फुलमाला लगाई सम्मान गरेको छ । सुकेधारामा आयोजित कार्यक्रममा ओखलढुङ्गाका क्षेत्र नम्बर १ का सभासद यज्ञ राज सुनुवारले उनिहरुलाई थप सफलताको शुभकामना दिदै सम्मान गरे ।
वाको किक वक्सीङमा आरतीले एक–एक स्वर्ण र रजत तथा विन्दाले दुई रजत पदक जितेकी थिइन् । भएको खेलेमा आरतिले ५१ के.जी तौल समुहमा स्कोर फाइटिङ रजत र किक लाइटमा स्वर्ण जितेकी थिइन । बिन्दाले भने ५० के.जी तौलमा स्कोर र किक लाइटमा एक–एकरजत हात पारेकी हुन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]