default_image

4 years ago

September 12, 2021

दाहाल सम्मानित, नेपाल पुरस्कृत

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मुकुन्द दाहाल अग्रज खेलपत्रकारिता सम्मान र गोविन्दराज नेपाल सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा आइतबार सम्मान र पुरस्कार प्रदान गरेको हो ।

दाहालले २५ हजार रुपैया प्राप्त गर्नुभयो । युवा पत्रकारले ५० हजार बराबरको ल्यापटप प्राप्त गरे । मञ्चले हरेक वर्ष स्थापना दिवसका दिन अग्रज पत्रकारलाई सम्मान र पछिल्लो चार वर्षयता युवा पत्रकारलाई पुरस्कृत गर्दे आएको छ। सम्मानित व्यक्तित्वलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र)ले सम्मान गरे ।

मञ्चका संस्थापक समेत रहेका दाहालले स्थापना कालमा गरेको संघर्षको सम्झना गर्दे युवा पुस्ताले सम्मान गरेकोमा खुसी व्यक्त गरे ।सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट सम्मानित नेपालले पुरस्कारले पत्रकारिता यात्रा अगाडि वढाउन थप हौसला मिलेको बताए ।
एनओसीका अध्यक्ष श्रेष्ठले खेलकुद पत्रकारिताको विकासमा मञ्चको भुमिकाको प्रशंसा गर्दै संस्थाले पत्रकारिता क्षेत्रमा अझ प्रगती गरोस् भन्दै शुभकामना दिए । राखेप सदस्य सिलवालले स्थापना दिवसका अवसरमा अनुज, अग्रजलाई सम्मान गर्ने परम्परा राम्रो बताए ।

पत्रकार महासंघका महासचिव रोशन पुरीले नेपाल खेलकुद पत्रकार मञ्च महासंघको सक्रिय एसोसियट सदस्यको रुपमा रहेको भन्दै प्रशंसा गरे । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापाले नेपालको खेलकुद क्षेत्रमा एनएसजेएफको योगदान उल्लेखनिय रहेको बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसजेएफ एकेडेमीको माध्यमबाट खेलकुद पत्रकारको क्षमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

एनएसजेएफका अध्यक्ष सुवेदीले खेलकुद पत्रकारिताको अभियानलाई सक्रिय राख्ने सन्दर्भमा मञ्चले सधै नेतृत्वदायी भुमिका खेल्ने विश्वास दिलाए । मञ्चले भदौ २७ गतेलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । २०५२ सालमा मञ्चको विधिवत रुपमा स्थापना भएको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.