default_image

4 years ago

October 17, 2021

भारत जाने ब्याडमिन्टन टोलीको दुई ठाँउमा विदाई

272 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंगलोरमा आयोजना हुने इन्फोसेस फाउन्डेसन इन्डिया इन्टरनेसनल च्यालेन्ज २०२१ मा भाग लिन जाने ब्याडमिन्टन टोलीलाई आइतबार नै दुई ठाँउबाट विदाई गरिएको छ ।

७ खेलाडी र १ प्रशिक्षकसहितको ८ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सहायक मुख्य प्रशिक्षक किरण थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदाई गरे ।

त्यसअघि त्रिपुरेश्वरस्थित राखेप परिसरमा राखेप सदस्य तथा ब्याडमिन्टन संघका उपाध्यक्ष सुभास श्रेष्ठ, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र बिडब्लुएफ सर्टिफाईड अम्पायर उदय अर्याललगायतले विदाई गरे । इन्टरनेसनल च्यालेन्ज कात्तिक २ बाट ७ गते सम्म चल्नेछ ।

जयन्त श्रेष्ठ प्रशिक्षक रहेको टोलीमा महिलामा रशिला महर्जन, सीमा राजवंशी र अनुमाया राई तथा पुरुषतर्फ प्रिन्स दाहाल, सुदिप सेढाई, सुनिल जोशी र प्रफुल महर्जन खेलाडी रहेका छन् । इन्फोसेस फाउन्डेसन इन्डिया इन्टरनेसनल च्यालेन्ज २०२१ को लागि गत महिना रिभाइभ लिजर पार्कमा भएको प्रतियोगिताबाट खेलाडी छनोट गरिएको थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.