4 years ago
November 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको बाह्रबिसेमा ‘बाह्रबिसे कप’ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता मंसिर तेस्रो साता आयोजना हुने भएको छ ।
आयोजक बाह्रबिसेको खुर्सानीबारी खेलकुद कभर्डहलले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिल्क ग्रुपको प्रायोजन र बाह्रबिसे नगरपालिकाको सहयोगमा सिन्धुपाल्चोक जिल्लाकै हालसम्मको धेरै धनराशी भएको प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ । प्रतियोगिता मंसिर १६ देखि १८ गते सम्म हुने बताइएको छ ।
प्रतियोगितामा चार इभेन्ट्स समेटिएको आयोजक खुर्सानीबारी खेलकुद कभर्डहलका अध्यक्ष तथा प्रतियोगिता संयोजक पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स (शीर्ष एकल २० बाहेक), महिला एकल र भेट्रान्स डबल्स (४५ वर्षमाथि) को इभेन्ट्स समावेश गरिएको छ ।
पुरस्कारमा मात्रै ५ लाख ५० हजार रुपैयाँ रहेको छ । पुरुष डबल्समा राष्ट्रिय वरियताको शीर्ष २० मा रहेका खेलाडीले भाग लिन पाउनेछैनन् । स्थानिय स्तरको खेलाडीको बाक्लो सहभागिताका लागि एकलतर्फका शीर्ष २० खेलाडीलाई भाग लिन नदिइएको संयोजक श्रेष्ठले बताए ।
खेलाडीको आउने जाने र बसोबासको व्यवस्था आयोजकले गर्ने र अनुमानित ३५ लाख बजेट रहेको बताए ।
बाह्रबिसे नगरपालिकाका मेयर निम फुन्जो शेर्पाले सिन्धुपाल्चोकले यसभन्दा अघि विभिन्न प्राकृतिक प्रकोप भोगेको र खेल विकासमा लक्ष्यअनुसार जान नसकेको बताउँदै यसपटक ब्याडमिन्टनमार्फत बाह्रविसेलाई चिनाउने प्रयास गरिने बताए । प्रतियोगिताको लागि बाह्रविसे नगरपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले स्तरीय प्रतियोगिताको चाहना अनुरुप यसपटक राष्ट्रिय स्तरको प्रतियोगितालाई सहयोग गरिएको बताए । प्रतियोगिताको लागि सिल्क ग्रुपको तर्फबाट अन्तर्राष्ट्रिय स्तरको १० लाख रुपैयाँ बराबरको दुई वटा सेन्थेटिक म्याट आयोजकलाई प्रदान गरेको छ ।
प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स (शीर्ष एकल २० बाहेक), महिला एकल र भेट्रान्स डबल्स (४५ वर्षमाथि) को इभेन्ट्स समावेश गरिएको छ । पुरस्कारमा मात्रै ५ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको पुरुष एकलतर्फको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६५ हजार र तेस्रो हुने दुवै जनाले समान ३०–३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष डबल्सको विजेताले १ लाख, दोस्रो हुने टोलीलाई ५० हजार र तेस्रो हुनेलाई २५–२५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
महिला एकलको विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान १२ हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स डबल्स (४५ वर्षमाथि) को विजेता, उपविजेता र तेस्रो हुनेले गिफ्ट ह्याम्परसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]