default_image

7 years ago

April 25, 2017

‘च्याम्प अफ च्याम्पियन्स’ हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा नेपालमा पहिलो पटक ‘च्याम्प अफ च्याम्पियन्स’ बक्सिङ प्रतियोगिता हुने भएको छ। ४ चरणमा हुने प्रतियोगिता यहि जेष्ठ ५ र ६ गते रंगशालाको कभर्डहलमा सुरु हुँदैछ। पहिलो चरणको छनोट प्रो बक्सिङ लाइटवेट ६१ केजीको प्रतियोगिता सुरु हुनेछ। पहिलो चरणमा १६ बक्सरहरुले प्रतिस्पर्धा गर्नेछन्। दोश्रो चरणमा ८ बक्सरहरुले […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा नेपालमा पहिलो पटक ‘च्याम्प अफ च्याम्पियन्स’ बक्सिङ प्रतियोगिता हुने भएको छ।

४ चरणमा हुने प्रतियोगिता यहि जेष्ठ ५ र ६ गते रंगशालाको कभर्डहलमा सुरु हुँदैछ। पहिलो चरणको छनोट प्रो बक्सिङ लाइटवेट ६१ केजीको प्रतियोगिता सुरु हुनेछ। पहिलो चरणमा १६ बक्सरहरुले प्रतिस्पर्धा गर्नेछन्। दोश्रो चरणमा ८ बक्सरहरुले प्रवेश गर्नेछन्।

च्याम्प अफ च्याम्पियन्सको प्रथम हुने खेलाडीले दुई लाख. रुपैंया जित्नेछ भने दोश्रो र तेश्रो हुनेले क्रमश: तीस हजार र बीस हजार नगद पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट बक्सरले डब्लु.बी.सी एसिया र डब्लु.बी.सी को लागि प्रो बक्सिङ लाइसेन्स प्राप्त गर्नेछ। प्रतियोगिताको दौरान महिला बक्सरहरुको प्रदर्शनी खेल पनि समावेश रहने छ।
प्रतियोगिताको आयोजना म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकले गरेका हुन्।

प्रतियोगिताको लागि प्रतियोगीहरुको छनोट उनीहरुले राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनको आधारमा गरिएको जानकारी प्रतियोगिता संयोजक म्याक्स बस्नेतले दिए।

Success

Thank you for your time.