default_image

7 years ago

September 3, 2017

बक्सिङका प्रशिक्षक मुख्तार सोमबार स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली बक्सिङ महासंघको सहयोगमा गत जुन ९ तारिखमा नेपाल आएका मुख्तार तीन महिनाको नेपाल बसाइँपछि सोमबार स्वदेश फर्किंदै छन् । सोमबार स्वदेश फर्कन लागेका प्रशिक्षक मुख्तार बर्दिमवितोभलाई नेपाल बक्सिङ संघले आइतबार एक कार्यक्रमकाबीच बिदाई गरे । प्रशिक्षक मुख्तारलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, संघका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली बक्सिङ महासंघको सहयोगमा गत जुन ९ तारिखमा नेपाल आएका मुख्तार तीन महिनाको नेपाल बसाइँपछि सोमबार स्वदेश फर्किंदै छन् ।

सोमबार स्वदेश फर्कन लागेका प्रशिक्षक मुख्तार बर्दिमवितोभलाई नेपाल बक्सिङ संघले आइतबार एक कार्यक्रमकाबीच बिदाई गरे । प्रशिक्षक मुख्तारलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, संघका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसीलगायतका पदाधिकारी, प्रशिक्षक र खेलाडीहरुले आइतबार विदाइ गरे ।

काजकिस्तानका प्रशिक्षक मुख्तारले तीन महिनाको अवधिमा नेपाली खेलाडीको टेक्निकमा धेरै नै परिवर्तन आएको बताए । खेलाडीहरु निकै नै मेहनती रहेकाले नेपाली बक्सिङको भविष्य उज्वल रहेको बताए । उनले बक्सिङ संघले अनुरोध गरे आफू फेरि पनि नेपाल आउन तयार रहेको बताए । बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगरले मुख्तारले प्रशिक्षण दिएपछि खेलाडीको टेक्निकमा धेरै सुधार आएको बताए । राष्ट्रिय खेलाडी दिनेश श्रेष्ठले विदेशी प्रशिक्षकसँग तालिम दिएपछि टेक्निकमा सुधार आउनुका साथै आत्मविश्वास पनि बढेको बताए ।

मुख्तारले राष्ट्रिय टोलीका ३४ खेलाडीका साथै विभागीय टोली र क्लबका खेलाडीलाई तालिम दिएका थिए । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले मुख्तार आगामी अक्टोबरमा फेरि नेपाल आउन सक्ने बताए । उनले मुख्तारलाई ल्याउन राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसँग पहल गरिने बताए । मुख्तारको दुईतर्फी हवाई टिकट र तीन महिनाको पारिश्रमिक एसियाली बक्सिङ महासंघले बेहोरेको थियो भने बक्सिङ संघले नेपाल बसाइँमा खान बस्न र स्थानीय यातायातको व्यवस्था मिलाएको थियो ।

Success

Thank you for your time.