default_image

6 years ago

November 30, 2017

च्याम्प अफ च्याम्पियन्सको सेमिफाइनल शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकको आयोजनामा भइरहेको च्याम्प अफ च्याम्पियन्स (सीओसी) को सेमिफाइनलका खेलहरु शनिबार हुने भएको छ । आयोजक म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सेमिफाइनलको खेल शनिबार हुने जानकारी गराएको हो । खेल महाराजगञ्जस्थित जिमखानामा हुने छ । सेमिफाइनलमा सरोज सेवा (ओखलढुङ्गा) […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकको आयोजनामा भइरहेको च्याम्प अफ च्याम्पियन्स (सीओसी) को सेमिफाइनलका खेलहरु शनिबार हुने भएको छ ।

आयोजक म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सेमिफाइनलको खेल शनिबार हुने जानकारी गराएको हो । खेल महाराजगञ्जस्थित जिमखानामा हुने छ ।

सेमिफाइनलमा सरोज सेवा (ओखलढुङ्गा) ले यादव थापा (अर्घाखाची) को सामना गर्नेछ अर्काे सेमिफाइनल मनिस डंगोल (कालोपुल) र सुरेन्द्र कार्की (रौतहट) बीच हुनेछ ।

फाइनल खेल माघ १८ गतेलाई तोकिएको म्याक्स बक्सिङ प्रमोशनका प्रमुख म्याक्स बस्नेतले जानकारी गराए । सोही समयमा म्याक्सले पनि अजयदिससँग खेल्दै प्रो बक्सिङमा डेब्यु गर्नेछन् ।

यस च्याम्प अफ च्याम्पियन्सको विजेताले नगद २ लाख पुरस्कार हात पार्नेछ । दोस्रो हुनेले ३० तथा तेस्रो हुनेले १० हजार पाउनेछन् । यस्तै च्याम्पियनले बेल्जियममा गएर ३ महिना प्रशिक्षण गर्ने मौका पाउने म्याक्स बस्नेतले जानकारी गराए ।

Success

Thank you for your time.