default_image

6 years ago

February 11, 2018

क्यान्सर पीडित अन्तर्राष्ट्रिय रेफ्री मञ्जुजंगलाई आर्थिक सहयोग

काठमाडौं ( हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले विगत एक वर्षदखि क्यान्सर रोगसँग जुधिरहेका पूर्व बक्सिङ खेलाडी, निर्णायक तथा बक्सिङ संघका सस्थापक सदस्य मञ्जुजंग थापालाई आर्थिक सहयोग प्रदान गरेको छ । संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्यान्सर पीडित खेलाडी, निर्णायक तथा बक्सिङ संघका सस्थापक सदस्य मञ्जुजंगलाई मकाउ बक्सिङ ग्रुप, अमेरिका, बक्सिङका पूर्व खेलाडी […]

35 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले विगत एक वर्षदखि क्यान्सर रोगसँग जुधिरहेका पूर्व बक्सिङ खेलाडी, निर्णायक तथा बक्सिङ संघका सस्थापक सदस्य मञ्जुजंग थापालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्यान्सर पीडित खेलाडी, निर्णायक तथा बक्सिङ संघका सस्थापक सदस्य मञ्जुजंगलाई मकाउ बक्सिङ ग्रुप, अमेरिका, बक्सिङका पूर्व खेलाडी बक्सिङ संघका पदाधिकारीबाट संकलित १ लाख ५० हजार ६ सय ७७ रुपैयाँ आर्थिक सहयोग रकम संघका अध्यक्ष राम अवाले, राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुनवहादुर केसीले क्यान्सरपीडित मञ्जुजंगलाई हस्तान्तरण गरेको हो ।

नेपाल बक्सिङ संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका राखेप सदस्य केसीले दुखको बेलामा सबैले सहयोग र सदभाव राख्नुपर्ने बताउदै म आँफै उहाको उपचारका लागि सहयोग जुटाउन सम्वन्धित निकायमा पहल गर्ने बताए ।

संघले यसअघि सागका स्वर्ण विजेता स्वर्गीय इन्द्रबहादुर रानामगरलाई सहयोग रकम हस्तान्तरण गरेको थियो । मञ्जुजंगले विगत एक वर्षदेखि भक्तपुर क्यन्सर अस्पतालमा उपचार गराइरहेको छ । सहयोग रकम प्राप्त गरेपछि मञ्जुजंगले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे । मञ्जुजंगले वि.स. २०२४ बाट कमलपोखरी बक्सिङ क्लबबाट बक्सिङ खेल्न शुरु गरेका थिए ।

२०३१ मा संघमा सदस्य, २०३३ मा कोषध्यक्ष हुदै महासचिव र उपाध्यक्ष रहेर काम गरिसकेका छन् । त्यसपछि सन् १९८२ देखि नेपालको तर्फबाट अन्तर्राष्ट्रिय निर्णायकको रुपमा कार्य गर्दै आएका थिए ।

Success

Thank you for your time.