default_image

6 years ago

November 5, 2017

बुद्धिचालका आर्टिबर केसीको ‘सी’ श्रेणीमा पदोन्नती

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय बुद्धिचाल आर्बिटर उमेश केसी ‘डी’ बाट ‘सी’ श्रेणीमा पदोन्नती भएका छन् । गत महिना टर्कीमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ८८ औं कोंग्रेसले केसीलाई आर्बिटरको ‘सी’ श्रेणीमा पदोन्नती गरेको केसीले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन् । नेपाल बुद्धिचाल संघका सदस्य समेत रहेका केसी सन् २००९ मा […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय बुद्धिचाल आर्बिटर उमेश केसी ‘डी’ बाट ‘सी’ श्रेणीमा पदोन्नती भएका छन् । गत महिना टर्कीमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ८८ औं कोंग्रेसले केसीलाई आर्बिटरको ‘सी’ श्रेणीमा पदोन्नती गरेको केसीले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय बुद्धिचाल आर्बिटर उमेश केसी ।

नेपाल बुद्धिचाल संघका सदस्य समेत रहेका केसी सन् २००९ मा फिडे आर्बिटर र २०१२ मा ‘डी’ श्रेणीको अन्तर्राष्ट्रिय आर्बिटर बनेका थिए ।फिडेको आधिकारिक प्रतियोगिता वा ठूला प्रतियोगिता मुख्य वा सहायक आर्बिटर रहेको अनुभवका आधारमा पदोन्नती हुने केसीले बताए । उनले भने,‘व्यक्तिगत रुपमा मेरो लागि त राम्रो हो नै । त्यसबाहेक देशको बुद्धिचाल विकासमा पनि यो महत्वपूर्ण हो ।’

नेपाली बुद्धिचालमा ‘सी’ श्रेणीको अन्तर्राष्ट्रिय आर्बिटरको लाइसेन्स पाउने केसी पहिलो भएको बुद्धिचाल संघले जनाएको छ । ६ नेपालीले ‘डी’ श्रेणीका आर्बिटर छन् ।

Success

Thank you for your time.