default_image

7 years ago

January 11, 2017

सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन जयराम अग्रस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन बुधबार ५ अन्डर ६३ को कार्ड बनाउँदै जयराम श्रेष्ठ शीर्षस्थानमा उक्लेको छन् । रोयल नेपाल गल्फ क्लबको पार ६८ मा जारी च्यालेन्जमा दुई दिनमा जयरामले ७ अन्डर १ सय २९ को प्रदर्शन गरेका छन् । सूर्य नेपाल गल्फ टुर २०१६/१७ को दोस्रो प्रतियोगितामा पहिलो दिन जयरामले २ […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन बुधबार ५ अन्डर ६३ को कार्ड बनाउँदै जयराम श्रेष्ठ शीर्षस्थानमा उक्लेको छन् । रोयल नेपाल गल्फ क्लबको पार ६८ मा जारी च्यालेन्जमा दुई दिनमा जयरामले ७ अन्डर १ सय २९ को प्रदर्शन गरेका छन् । सूर्य नेपाल गल्फ टुर २०१६/१७ को दोस्रो प्रतियोगितामा पहिलो दिन जयरामले २ अन्डर ६६ रनको प्रदर्शन गरेका थिए । ६ अन्डर १ सय ३० को प्रदर्शन गरेका सञ्जय लामा दोस्रो स्थानमा छन् । उनले दोस्रो दिन ५ अन्डर ६३ को कार्ड बनाए ।

jayaram-shrestha
नम्बर एक व्यवसायिक खेलाडी शिवराम श्रेष्ठ (६६), भुवन नगरकोटी (६९) संयुक्त रुपमा तेस्रो स्थानमा छन् । उनीहरुको दुई दिनको प्रदर्शन २ अन्डर १ सय ३४ को प्रदर्शन गरेका छन् । १ ओभर १ सय ३७ को प्रदर्शका साथ धनबहादुर थापा (७२) पाँचौं स्थानमा छन् । ३ अन्डर ६५ को प्रदर्शनका साथ पहिलो दिन धनबहादुर र भुवन पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका थिए ।
रामे मगर (६९) छ ओभर १ सय ३८ को कार्डका साथ छैटौं स्थानमा छन् । रामकृष्ण श्रेष्ठ (७३), रवि खड्का (६९), र विकास अधिकारी (६५) ४ ओभर १ सय ४० को प्रदर्शनका साथ संयुक्त रुपमा सातौं स्थानमा छन् । चुडाबहादुर भण्डारी (७२) दसौं स्थानमा छन् ।
फ्रन्ट नाइनमा १ अन्डर ३३ को प्रदर्शन गरेका जयरामले सुधार गर्दै ब्याक नाइनमा ४ अन्डर ३० को कार्ड बनाएका थिए । उनले ब्याक नाइनमा १० औं, १३ औं, १५ औं र १८ औं होलमा बर्डि गरे । सञ्जयले फ्रन्ट नाइनमा ४ अन्डर ३० र ब्याक नाइनमा १ अन्डर ३३ को कार्ड बनाए ।
२२ गल्फर दोस्रो चरणको लागि छनोट भएका छन् । जसमा शीर्ष १० सँगै दीपक मगर, प्रदीपकुमार लामा, पशुपति शर्मा, सूर्यप्रसाद शर्मा, प्रसन्न उप्रेती, दीपेन्द्र रायमाझी, प्रभातकुमार राजवहाक, सचिनप्रसाद भट्टराई, आशिष परियार, कृष्णमान राजवहाक, शिवकुमार पौडेल र बलभद्र राईले अन्तिम दुई चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

६ एमेच्योर गल्फरले पनि दोस्रो स्थानमा प्रवेश पाएका छन् । १ ओभर ६९ को कार्ड बनाएका मिथुन राईले शिवराम माझी र सन्तोष रोक्कालाई ३ स्ट्रोकले पछि पारेका छन् । मिथुनको दुई दिनको प्रदर्शन ५ अन्डर १ सय ४१ रहेको छ । अघिल्लो दिन शीर्षस्थानमा रहेका जीवन राई, फुन्टसोक एन लामा र रोहित आचार्यले पनि दोस्रो चरणमा स्थान सुरक्षित बनाएका छन् ।

नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजना र सूर्य नेपाल प्रालकिो प्रायोजनमा जारी प्रतियोगितामा ४ लाख रुपैयाँ पुरस्कार रहेको छ । विजेताले ७५ हजार, दोस्रोले ४६ हजार र तेस्रो हुने खेलाडीले ३१ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष २१ खेलाडीले नगद पाउनेछन् ।

Success

Thank you for your time.