default_image

9 years ago

September 23, 2015

प्रतिमा, शिवराज र तेन्जिङ फाल्डो एसियाका लागि छानिए

काठमाडौं, असोज ६ – तीन खेलाडी अर्को बर्ष चीनमा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनलका लागि छनोट भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार सम्पन्न फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा आ आफ्नो विधामा च्याम्पियन बन्दै शिवराज माझी, तेन्जिङ छिरिङ र प्रतिमा शेर्पा छनोट हुन सफल भएका हुन् । एसिया फाइनल चीनको मिसन हिल्स गल्फ क्लबमा अर्को […]

60 views

0 Bookmark

काठमाडौं, असोज ६ – तीन खेलाडी अर्को बर्ष चीनमा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनलका लागि छनोट भएका छन् ।

12043806_10154225848513032_556189382_o

गोकर्ण गल्फ क्लबमा बुधबार सम्पन्न फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा आ आफ्नो विधामा च्याम्पियन बन्दै शिवराज माझी, तेन्जिङ छिरिङ र प्रतिमा शेर्पा छनोट हुन सफल भएका हुन् । एसिया फाइनल चीनको मिसन हिल्स गल्फ क्लबमा अर्को बर्ष माचैमा हुनेछ । शिवराज ब्वाइज १७–२१ बर्षमा, तेन्जिङ १२–१६ बर्षमा र प्रतिमाले गल्र्स इभेन्टमा प्रतिस्पर्धा गर्नेछिन् । ब्वाइज १२–१६ बर्षमा तेन्जिङ च्याम्पियन बने । बिहीबार १५ ओभर ८७ को कार्ड बनाएका उनले २ सय ४१ को प्रदर्शन गरे । अन्तिम दिन ११ ओभर ८३ को प्रदर्शन गरेका आर्यानकुमार दोस्रो भए । उनको २ सय ४४ को प्रदर्शन रह्यो । गल्र्समा २ सय ६८ को प्रदर्शन गरेकी प्रतिमा विजेता बनिन् । उनले अन्तिम दिनको प्रदर्शन १७ ओभरमा ८९ को रह्यो । ३ सय १२ को प्रदर्शन गरेकी कस्मिरा शाह दोस्रो भइन् । दोस्रो दिनको अग्रतालाई निरन्तरता दिदै शिवराजले उपाधि हासिल गरेका हुन् । बिहीबार ४ ओभर ७६ को कार्ड बनाएका उनले समग्रमा ७ ओभर २ सय २३ को प्रदर्शन गरे । दोस्रो भएका अरुण तामाङलाई शिवराजभन्दा ३ स्ट्रोकले पछाडी पारे । अन्तिम दिन शिवराजकै जस्तो प्रदर्शन गरेका अरुणले प्रतियोगितामा १० ओभर २ सय २६ स्कोर गरे । शिवराजले अन्तिम दिन फ्रन्ट नाइनमा निराशाजनक प्रदर्शन गरे । ५ ओभर ४१ को उनको प्रदर्शन रह्इो । अरुणको अवस्था पनि त्यस्तै रह्यो । दिनको सुरुआतमा शिवराम भन्दा ७ स्ट्रोकले पछि रहेका पृथ्वी मल्लले फ्रन्ट नाइनको प्रदर्शनमार्फत उपाधिलाई चुनौति दिएका थिए । २ अन्डर ३४ को कार्ड बनाएका उनले फ्रन्ट नाइट सकिदा शिवराजलाई भेट्टाए । तर, ब्याक नाइनमा शिवराज खेलमा फर्किए र उपाधि जिते । ब्याक नाइनमा उनको प्रदर्शन १ अन्डर ३५ को रह्यो । त्यसमा अरुणले पनि १ अन्डर ३५ कै प्रदर्शन गरे । अर्कोतर्फ पृथ्वीले भने ब्याक नाइनमा गल्ति गरे । जसका कारण उनी विजेता बन्नबाट चुके । १४ औं र १५ औंमा डबल बुगि र १६ मा बुगि भएपछि पृथ्वीको चुनौति सकिएको थियो । १ ओभर ७३ को प्रदर्शन गरेपनि उनको समग्र प्रदर्शन ११ ओभर २ सय २७ रह्यो । नेपाल गल्फ संघका अध्यक्ष मधुकर याकथुम्बा, महासचिव टासी घले, कोषाध्यक्ष किसन अग्रवाल र संघका सल्लाहकार प्यारजंग थापाले तीन दिने प्रतियोगिताका विजेतालाई पुरस्कृत गरे ।

Success

Thank you for your time.