2 hours ago
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् ।
फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेल
फाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए।
एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा बराबरी गर्दै ७ अंक जोडेको छ। अर्कोतर्फ इस्ट बंगालले सबै ३ खेल जित्दै ९ अंक जोडेको छ। यी दुई टोलीबीचको खेल साझ ६ बजे सुरु हुनेछ।
एपिएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीले ४-० ले हराउँदै सहज जित निकाले पनि त्यसपछि गोलको लागि संघर्ष गरेको थियो।
दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराएको थियो।
अर्कोतर्फ ट्रान्सपोर्टलाई ४-०, कराँचीलाई २-० र नासिरलाई ७-० ले हराएको थियो। दुबै टोली अहिलेसम्म गोल खाएका छैनन् । तर एपिएफले ५ गोल मात्रै गर्न सकेको छ। इस्ट बंगालले १३ गोल गरिसकेको छ।
एपिएफले उपाधि जित्नका लागि बलियो टोली इस्ट बंगाललाई हराउनुको विकल्प छैन। त्यसको परिक्षण आजको खेलमा हुनेछ। कराँची पनि बाहिरि सकेको छ।
आज दिउँसो २ बजे पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्रान्सपोर्ट र नासिर बीच हुनेछ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता छ । सिंगल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।

December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]