default_image

7 years ago

September 11, 2017

गल्फका थापा लाइफ टाइभ एचिभमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– गल्फमा फरक फरक जिम्मेवारी निर्वाह गर्दै ६ दशक लामो यात्रा तय गरेका धनश्याम थापालाई नेपाल खेलकुद पत्रकार मञ्चले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ । राजधानीमा आयोजना भइरहेको पल्सर स्पोर्टस अवार्ड २०७३ मा थापालाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । कुनै न कुनै रुपमा नेपाली खेलकुदमा निरन्तर सक्रिय त्यस्ता व्यक्तित्वलाई मञ्चले […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गल्फमा फरक फरक जिम्मेवारी निर्वाह गर्दै ६ दशक लामो यात्रा तय गरेका धनश्याम थापालाई नेपाल खेलकुद पत्रकार मञ्चले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ । राजधानीमा आयोजना भइरहेको पल्सर स्पोर्टस अवार्ड २०७३ मा थापालाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । कुनै न कुनै रुपमा नेपाली खेलकुदमा निरन्तर सक्रिय त्यस्ता व्यक्तित्वलाई मञ्चले हरेक बर्ष लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्दै आएको छ ।

people

गल्फमा बल ब्वाइबाट सुरु भएको थापाको खेल यात्रा प्रोफेसनल गल्फर, प्रशिक्षक, नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए) को अध्यक्ष हुँदै अहिले पनि सक्रिए छ । थापाले भोगेका अनुभव सुन्दा कथा जस्तो लाग्छन् । १० वर्षमा बल ब्वाइज बनेका उनी ३, ४ वर्षमा क्याडी, अनि कोर्सको माली र स्कुल पढ्दै रोयल नेपाल गल्फ क्लबको म्यानेजर बनेका थिए ।

एसएलसी दिएको भोलिपल्टै प्रोफेसनल तालिम लिन नयाँ दिल्ली पुगेका थापा सन् १९६८ मा प्रो भए र त्यसको अर्को बर्ष उनले इण्डियन ओपन खेले । जसमा एसियन सर्किट पनि थियो । पाँचपल्टका व्रिटिश च्याम्पियन पिटर थोम्पसनलगायत विश्वविख्यात खेलाडीसँग खेल्नु पाउनु उनका लागि सपना पुरा भएभन्दा कम थिएन । उनले १९७५ र ७७ मा विश्वकप पनि खेले ।

८० को दशकमा नेपाली गल्फको दुर्दशा सुरु भयो । त्रिभुवन एयरपोर्ट विस्तार हुँदा रोयलन नेपाल गल्फ कोर्समा त्यसको अवसर पर्यो । झण्डै डेढ वर्ष गल्फ नै ठप्प भयो । केही समयपछि उनी बम्बई पुगे । उनलाई भाग्यले साथ पनि दियो, वम्बई प्रेसिडेन्सी गल्फ क्लब चेन्दुमा प्रशिक्षक बन्ने मौका पाए ।

१९९२ मा नेपाल फर्केपछि फुल टायम प्रोका रुपमा सक्रिए भए । स्वेदश फर्केको डेढ वर्षपछि जर्मनीमा प्रशिक्षकका रुपमा काम गर्ने मौका पनि उनलाई मिल्यो । जर्मनीबाट फर्केर उनी नेपालमा स्वतन्त्र ढंगले गल्फ सिकाउन थाले । तत्कालीन युवराज दीपेन्द्रलगायत बुढानिलकण्ठ स्कुलका विद्यार्थीलाई सिकाए ।

थापाको पहलमा प्रोफेसनल गल्फर्स एशोशिएशन खुलेपछि मुलुकमा व्यावसायिक गल्फको युग सुरु भएको मानिन्छ । दशकको अवधिमा सूर्य नेपाल ओपन, सुर्य नेपाल मास्टर्स र सुर्य नेपाल गल्फ टुर आयोजना हुन्छ । उनले नौं वर्ष एनपिजिएको अध्यक्ष रहेर काम गरे । अहिले पनि उनी गल्फमा सक्रिय छन् । बेला बेला घनश्याम ओपन आयोजना गर्दै आइरहेका छन् । घनश्याम प्रोफेसनल गोल्डन जुब्ली अफ गल्फ आयोजना गर्ने अबको उनको योजना छ ।

Success

Thank you for your time.