default_image

5 years ago

October 20, 2019

सगरमाथा आधारक्षेत्रमा गल्फ

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकै सबैभन्दा उचाईमा ‘आमन्त्रण गल्फ’ प्रतियोगिता खेलिएको छ । बाह्रखरी मिडियाको वार्षिक इभेन्टको आमन्त्रण गल्फ प्रतियोगिता विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर कोङ्दे रि (४,२५०) मिटर उचाईमा भएको हो । यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्वनमा उल्लेखनीय सहयोग पु¥याउने अपेक्षाका साथ प्रतियोगिता […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकै सबैभन्दा उचाईमा ‘आमन्त्रण गल्फ’ प्रतियोगिता खेलिएको छ । बाह्रखरी मिडियाको वार्षिक इभेन्टको आमन्त्रण गल्फ प्रतियोगिता विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर कोङ्दे रि (४,२५०) मिटर उचाईमा भएको हो ।

यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्वनमा उल्लेखनीय सहयोग पु¥याउने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको पहिलो दिन आइतबार कोङ्दे री मा ६ जना गल्फर र ३,८८० मा रहेको स्याङ्बोचेमा ८ जना खेलाडीले एक होल खेलेका थिए ।

दुई चरणमा खेलाइएको प्रतियोगिताका बाँकी १७ होल दोस्रो चरणमा अक्टोबर २६ मा काठमाडौंको गोकर्ण रिसोर्टमा खेलाइनेछ । दुई चरणमा गरी करिब एक सय गल्फरले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताले नेपाली पर्यटन प्रवर्धनमा नयाँ आयाम ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगितामा सहभागी खेलाडीहरुले बताएका छन् । समिट एयरका सञ्चालक तथा गल्फर विकास राणाले आफ्नो लागि यो अविस्मरणीय क्षण रहेको बताउदै कोङ्देमा यो प्रतियोगिता आयोजना गर्नु नै खेलाडीको लागि ऐतिहासिक क्षण रहेको थपे ।

अर्का गल्फर राजेन्द्र श्रेष्ठले विश्वकै अग्लो उचाईमा खेल्ने अवसर पाउदा नयाँ इतिहास रचेको अनुभव गरेको सुनाए । उनले यो प्रतियोगितालाई अवसरभन्दा पनि नयाँ अनुभवको रुपमा लिएको र यो अवसर जुराइदिने आयोजकप्रति आभारी रहेको बताए ।

Success

Thank you for your time.