default_image

4 years ago

February 13, 2020

धनबहादुर ३ स्ट्रोकले अगाडी

पोखरा (हाम्रो खेलकुद) – आर्मीका व्यावसायिक गल्फर धनबहादुर थापाले सूर्य नेपाल गल्फ टुर अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन २ स्ट्रोकको अग्रता लिएका छन् । दोस्रो दिनको खेलमा २ अन्डर ६७ स्कोर जोड्दै धनबहादुरले अघिल्लो दिन अग्रतामा रहेका शिवराम श्रेष्ठलाई ३ स्ट्रोकले पछि पारेका हुन् । धनबहादुरले समग्रमा २ अन्डर १ सय […]

40 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आर्मीका व्यावसायिक गल्फर धनबहादुर थापाले सूर्य नेपाल गल्फ टुर अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन २ स्ट्रोकको अग्रता लिएका छन् ।

दोस्रो दिनको खेलमा २ अन्डर ६७ स्कोर जोड्दै धनबहादुरले अघिल्लो दिन अग्रतामा रहेका शिवराम श्रेष्ठलाई ३ स्ट्रोकले पछि पारेका हुन् । धनबहादुरले समग्रमा २ अन्डर १ सय ३६ स्कोर जोडेका छन् । शिवरामले अघिल्लो दिनभन्दा खराब प्रदर्शन गर्दै २ ओभर ७१ स्कोर जोडे । समग्रमा उनले १ ओभर १ सय ३९ स्कोर बनाएका छन् ।

संयुक्त तेस्रो स्थानमा २ ओभर १ सय ४० अंक जोडेका जयराम श्रेष्ठ, भुवनकुमार रोक्का र शुक्रबहादुर राई रहेका छन् । निरज तामाङले दोस्रो दिन २ ओभर ७१ स्कोर जोड्दै छैटौं स्थान हासिल गरेका छन् । संयुक्त सातौं स्थानमा रहेका नम्बर १ भुवन नगरकोटी र संजय लामाले ४ ओभर १ सय ४२ स्कोर बनेका छन् ।

कुल ४८ गल्फरको सहभागिता रहेको प्रतियोगितामा ३२ व्यावसायिक र १६ एमेच्योर गल्फर छन् । कुल ७ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् । दोस्रो स्थान हासिल गर्नेले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ५५ हजारमा चित्त बुझाउनेछन् । दोस्रो दिनको खेलपछि शीर्ष २४ व्यावसायिक र ६ एमेच्योर खेलाडीले कट पार गरेका छन् ।

Success

Thank you for your time.