9 years ago
December 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहेको नेपाली भलिबल टोलीलाई शिवशक्ती गार्मेन्टस् महेन्द्रनगरले ट्रयाकसुट प्रदान गरेको छ । प्रतियोगिता बंगलादेशमा डिसेम्वर २१ देखि २८ सम्म सञ्चालन हुनेछ ।

लगनखेल स्थित नेपाली सेनाको खेलकुद प्रतिष्ठानको कभर्डहलमा शिवशक्ती गार्मेन्टस्का कार्यकारी प्रमुख हरकसिंह धामीले खेलाडीतर्फ अफिसियललाई ट्रयाकसुट बितरण गरे । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य समेत रहेका धामीले कम्पनीको पहिलो उत्पादन खेलाडिलाई दिन पाउदा धेरै खुसी लागको बताए ।
नेपाल भलिबल संघका उपाध्यक्ष समेत रहेका धामीले टोलीले सफलता प्राप्त गरेमा थप पुरस्कार दिने विश्वास दिलाए । संघका महासचिव जितेन्द्रबहादुर चन्दले कम्पनीलाई धन्यवाद दिदै भने,‘खेल क्षेत्रमा गरेको लगानी सम्पूर्ण नेपालीले प्राप्त गरेको आभास मिलेको छ ।’
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]