9 years ago
December 24, 2016
काठमाडौं (हाम्रो खलकुद) – बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले तीन खेलमा दुई खेल जित्दै फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । दोस्रो खेलमा आयोजक बंगलादेशसँग हारेको नेपालले पहिलो खेलमा माल्दिभ्स र तेस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो । नेपालले जितेका दुवै खेल त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठका लागि भने विशेष रह्यो । ओपन स्पाइक उनी दुवै खेलमा म्यान अफ दी म्याच रहे ।

उनको प्रदर्शनका बारेमा मुख्य प्रशिक्षक जगदिश भट्टले भने,‘ मेहनती खेलाडी हुन् । उनको प्रदर्शन उच्च छ । तर उनले पहिलो खेलमा अझै राम्रो खेलेका थिए ।’ गत बर्ष सेमिफाइनलमा यहि प्रतियोगितामा अफगानिस्तानसँग हारेको नेपालले यसपटक विजय लयमा पुनरागमन मात्र गरेको छैन बदला पनि लिएको छ । शनिबार साँझ नेपालले अफगानिस्तानलाई ३–२ ले हराएको छ । नेपाल २५–२१,१८–२५,२५–१४,१९–२५,१५–१३ ले विजयी भएको थियो । यो जितसँगै नेपालले फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । नेपाले सोमबार कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
तर, नेपालका लागि शनिबारको जित महंगो परेको छ । टोलीका अलराउन्ड नरेन्द्र गिरीलाई चोट लागेको छ । विपक्षी खेलाडीले खुट्टामा कुल्चदा उनी घाइते भएका थिए । उनको चोट कति गम्भिर भन्ने एक्सरे पछि मात्र थाहा हुनेछ । उनको अवस्थाका बारेमा भट्टले भने, ‘चोट कति गहिरो भन्ने पछि थाहा हुन्छ । उनलाई चोट लागेपछि हाम्रो लय विग्रियो जसका कारण दोस्रो सेट गुमाउनु पर्यो । ’

अफगानिस्तानलाई हराउन सकेकोमा प्रशिक्षक भट्ट दंग छन् । उनले थपे, ‘अफगानिस्तान बलियो टोली हो, त्यस्तो टोलीलाई हराउन सक्दा खेलाडी थप उत्साहित भएका छन् ।’ च्याम्पियनसिपमा नेपालसहित कीर्गिस्तान, बंगलादेशको समान ६ अंक छ । माल्दिभ्स र अफगानिस्तान अंक विहिन छन् ।
पहिलो खेलमा माल्दिभ्सलाई ३–१ ले हराएको नेपाल शुक्रबार आयोजक बंगलादेशसँगको खेल ३–० ले गुमाएको थियो । माल्दिभ्सलाई २६–२४,१५–२५,२५–१९ र २६–२४ ले हराएको नेपालले बंगलादेशको खेल २५–२१,२५–२० र २५–२३ ले गुमाएको थियो । अफगानिस्तानले लगातार तीन खेल गुमाइसकेको छ ।
लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । तेस्रो र चौथो टोलीबीच कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । इम रानाको कप्तानीमा रहेको नेपालीमा हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, विजय थापा,कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरवबहादुर बम,भुवन कार्की, नरेन्द्र गिरी, देव शर्मा र इश्वर थापा छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]