default_image

9 years ago

April 26, 2017

सूर्य नेपाल एनपीजीए म्याच प्लेको ट्रफी रवि खड्कालाई

211 views

0 Bookmark

काठमाडौँ (हाम्रोखेलकुद)- सूर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा संजय लामालाई पराजित गर्दै रबि खड्काले उपाधि जितेका छन्।सन् २०१५ मा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेयता यो रविको पहिलो उपाधि हो। 

अन्तिम दिनको खेलमा उपाधिको भिडन्त निकै रोमान्चक भएको थियो। २७ होलसम्म ५ अंकको आग्रतामा रहेका रविलाई लगातार ४ होलमा पछि परेपछि खेल थप रोमान्चित भएको थियो। करियरको ११ औ उपाधि जित्नको लागि रविले अन्तिम होल सम्म कुर्न परेको थियो।    रविले १ होलटले उपाधि जितेका थिए।

प्रतियोगिताका बिजेता रबि खड्काले ट्रफी सहित ७० हजार,  उपविजेता संजय लामाले ३० हजार, तृतीय हुने भुवन नगरकोटीले २८ हजार, चौथो हुने शिव राम श्रेष्ठले २० हजार प्राप्त गरे। क्वार्टर फाईनल पुग्ने अरु ४ खेलाडीले ११-११ हजार प्राप्त गरेका थिए भने पहिलो चरणमै पराजित ८ खेलाडीले पनि ६-६ हजार प्राप्त गरेका थिए।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.