default_image

2 years ago

January 12, 2022

प्रिन्स विश्व जुनियर वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । यसअघि गत वर्ष सार्वजनिक वरीयतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए । सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता […]

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा उक्लिएका छन् ।

फाइलः तस्विर

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । यसअघि गत वर्ष सार्वजनिक वरीयतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए । सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन भएको हो ।

विश्व जुनियर वरीयताको शीर्ष वरियता भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो । यसअघि प्रिन्स तेस्रो, सातौं र अहिले ११औं स्थानमा रहेका थिए ।

प्रिन्सको वरीयतामा १० हजार ४ सय अंक छ । कोरोना महामारीका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा उनको अंकमा पनि परिवर्तन भएको छैन ।

मलेसियाका जस्टिन हो ९५९० अंकसहित दोस्रो स्थानमा तथा मलेसियाकै मोहम्मद रजिफ ६९२५ अंकसहित तेस्रो स्थानमा छन् ।

प्रिन्स जुनियर बरियतामा डबल्सतर्फ नवौं स्थानमा रहेको छ । जुनियरमै रशिला महर्जन एकलमा १९औं स्थानमा तथा डबल्समा सातौं स्थानमा रहेकी छिन् ।

Success

Thank you for your time.