default_image

7 years ago

December 7, 2016

बंगलादेशमा तामाङ दिदि भाई मिक्स डबल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – तामाङ दिदि भाई नङ्सदेवी र रत्नजित तथा अनुमाया राई र दीपक बोहराको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मिक्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार दिदिभाईको जोडीले आयोजक ब्रिस्टि खातुन र मिनाजलाई २१–१३,२१–१५ को सोझो सेटमा हराउँदै अन्तिम आठमा पुगेको छ । त्यस्तै अनुमाया र दीपकको जोडीले बंगलादेशकै उद्दिन सेफ […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तामाङ दिदि भाई नङ्सदेवी र रत्नजित तथा अनुमाया राई र दीपक बोहराको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मिक्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ ।
बुधबार दिदिभाईको जोडीले आयोजक ब्रिस्टि खातुन र मिनाजलाई २१–१३,२१–१५ को सोझो सेटमा हराउँदै अन्तिम आठमा पुगेको छ । त्यस्तै अनुमाया र दीपकको जोडीले बंगलादेशकै उद्दिन सेफ र दुलादी हल्डर जोडीलाई प्रतिस्पर्धा खेलमा २१–१९,१८–२१,२१–१७ ले हराएको थियो ।

ratnajit-and-nabin

मेन्स डबल्सको प्रतिस्पर्धाका दौरान नवीन श्रेष्ठ र रत्नजित तामाङ (दायाँ) ।

नेपाली नवीन श्रेष्ठ र जेसिका गुरुङको जोडी तथा दीपेश धामी र सुनैना मुखियाको जोडी प्रिक्वार्टरमा आयोजक बंगलोदशका जोडीसँग पराजित भएको थियो ।
त्यसअघि रत्नजित मेन्स सिंगल र नङ्सदेवी उमन्स सिंगलको क्वार्टरफाइनलमा पुगेका छन् । मेन्स सिंगलमा सातौ. वरियताका रत्नजितले बंगलादेशका मोहम्मन अनमुल हकलाई २१–७,२१–१९ ले हराएका थिए । उमन्स सिंगलमा नङ्सलदेवीले बंगलादेशकी अख्तर नाबिलाई हराएकी थिइन् । त्यस्तै रत्न जित र नवीनको जाडी मेन्स डबल्सको तेस्रो चरणमा पुगेको छ । नेपाली जोडीले बंगलादेशका हुनेन जायन सहिद र सासिउ साराफुदिन जोडीलाई २१–९,१९–२१ र २१–११ हराएको थियो ।

Success

Thank you for your time.