default_image

7 years ago

December 7, 2016

बंगलादेशमा रत्नजित र नवीनको जोडी मेन्स डबल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मेन्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ । रत्नजित र नवीनको जोडीले बुधबार साँझ तेस्रो चरणको खेलमा आयोजक बंगलादेशका मोहम्मद जाकारिया इस्लाम र मोहम्मद जाहिद रमजानको जोडीलाई २१–१५,१८–२१,२१–१० ले हराएको थियो । नेपाली जोडीले अब सेमिफाइनल प्रवेशका लागि बिहीबार मलेसियाका […]

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मेन्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ ।
रत्नजित र नवीनको जोडीले बुधबार साँझ तेस्रो चरणको खेलमा आयोजक बंगलादेशका मोहम्मद जाकारिया इस्लाम र मोहम्मद जाहिद रमजानको जोडीलाई २१–१५,१८–२१,२१–१० ले हराएको थियो । नेपाली जोडीले अब सेमिफाइनल प्रवेशका लागि बिहीबार मलेसियाका मोगिहिलिन गेनेसान र मुगुनथेन गेनेसानको जोडीको सामना गर्नेछ । त्यसअघि पहिलो चरणमा चरणमा रत्नजित र नवीनको जोडीले बंगलादेशका हुनेन जायन सहिद र सासिउ साराफुदिन जोडीलाई २१–९,१९–२१ र २१–११ हराएको थियो । 

ratnajit-and-nabin

बुधबार नै मेन्स डबल्समै दीपक बोहरा र दीपेश धामीको यात्रा दोस्रो चरणमै टुंगिएको छ । दीपक र दीपेशको जोडी बंगलादेशका मोहम्मद राहद कबिर खालेद र अहमद मोहम्मद जामिलको जोडीसँग २१–७,२१–९ ले पराजित भएको थियो । पहिलो चरणमा दीपक र दीपेशको जोडीले बाइ पाएको थियो ।

bb1
रत्नजित मेन्स सिंगल र दिदि नङ्सदेवीसँगको जोडी बनेर डबल्सको पनि क्वार्टरफाइनल पुगेका छन् । नङ्सदेवी पनि उमन्स सिंगलको अन्तिम आठमा पुगिसकेकी छिन् । तीनवटा इभेन्ट्समा क्वार्टरफाइनल पुग्दा स्वभाविक रुपमा खुसी लाग्ने जनाउँदै रत्नजितले भने,‘ लक्ष्य त पदक जितेर फर्कने हो, हामी सक्दो प्रयास गर्नेछौं ।’ उनी र दिदि नङ्सलदेवीले झन्डै दुई महिना अघि पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय सिरिजमा मिक्स डबल्समा स्वर्ण पदक जितेका थिए । बंगलादेशको प्रतिस्पर्धाले अर्को साता काठमाडौंमा सुरु हुने अन्तर्राष्ट्रिय सिरिजमा फाइदा पुग्नेमा रत्नजित आशावादी छन् ।

b

bb

मंगलबारबाट सुरु भएको प्रतियोगिता शनिबार सकिनेछ । प्रतियोगितामा समावेश ५ इभेन्ट्समा विभिन्न देशका १ सय ५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । मेन्स सिंगलमा ४८, उमन्स सिंगलमा ३० तथा मेन्स डबल्समा १९, उमन्स सिंगलमा १३ र मिक्स डबल्समा १९ जोडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

Success

Thank you for your time.