default_image

7 years ago

December 8, 2016

बंगलादेश ब्याडमिन्टनमा नेपाली खेलाडीको यात्रा टुंगियो

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनमा नेपाली खेलाडीको यात्रा टुंगिएको छ । तामाङ दिदिभाई नङ्सल देवी उमन्स सिंगल र भाई रत्नजित मेन्स सिंगलको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । त्यस्तै दिदि भाई तथा दीपक बोहरा र अनुमाया राईको जोडी मिक्स डबल्सको अन्तिम आठ पराजित भएका छन् । रत्नजित र नवीन श्रेष्ठ […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनमा नेपाली खेलाडीको यात्रा टुंगिएको छ । तामाङ दिदिभाई नङ्सल देवी उमन्स सिंगल र भाई रत्नजित मेन्स सिंगलको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । त्यस्तै दिदि भाई तथा दीपक बोहरा र अनुमाया राईको जोडी मिक्स डबल्सको अन्तिम आठ पराजित भएका छन् । रत्नजित र नवीन श्रेष्ठ रहेको मेन्स डबल्समा पनि नेपाल क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन ।

bb1

सिंगलको सातौं वरियतामा रहेका रत्नजित चौथो वरियताका भारतका श्रेयस जैसवालसँग २१–७,२१–१९ ले पराजित भए । उमन्स सिंगलमा नङ्सलदेवीले भियतनामकी थी ट्राङलाई २१–९,२१–३ को नतिज सुम्पेकी थिइन् । नङ्लदेवी र रत्न जितको जोडी मिक्स डबल्समा भारतका रोहन कपुर र सञ्जना सन्तोषको जोडीसँग २१–१६,२१–१२ ले पराजित भयो । मिक्स डलब्सकै अर्को खेलमा दीपक र अनुको जोडीले भारतकै भेन्कट गौरव र जुही देवागनको जोडीलाई २१–९,२१–१० को नतिजा सुम्पिए । मेन्स डबल्समा रत्नजित र नवीनको जोडी मेलेसियाका मोगिलेन गेनेसान र मुगुनथेन गेनेसानको जोडीसँग २२–२०,२१–८ ले पराजित भयो ।

Success

Thank you for your time.