default_image

7 years ago

December 14, 2016

रत्नजित मेन्स सिंगल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शीर्ष वरियताका रत्नजित तामाङ नेपाल बिडब्लूएफ योनेक्स सनराइज सिरिज २०१६ को मेन्स सिंगल्सको क्वार्टरफाइनलमा पुगेका छन् । राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा भारतका अमनकुमारलाई २१–८, २१–१३ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेका हुन् ।   सिरिजमा तेस्रो वरियताका रत्नजितले सेमिफाइनल प्रवेशका लागि भारतका […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शीर्ष वरियताका रत्नजित तामाङ नेपाल बिडब्लूएफ योनेक्स सनराइज सिरिज २०१६ को मेन्स सिंगल्सको क्वार्टरफाइनलमा पुगेका छन् । राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा भारतका अमनकुमारलाई २१–८, २१–१३ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

ratnajit-2

 

सिरिजमा तेस्रो वरियताका रत्नजितले सेमिफाइनल प्रवेशका लागि भारतका सिद्धार्थ ठाकुरको सामना गर्नेछन् । पाँचौं वरियताका ठाकुरले भियतनामका क्वाङ टु डाङलाई हराएका थिए ।
अन्य दुई नेपाली खेलाडी दीपेश धामी र विष्णु कटुवाल भने मेन्स सिंगल्सबाट बाहिरिएका छन् । दीपेश भियतनामका डुक पाटलीसँग २१–१३,२१–१२ ले तथा विष्णु भारतका अभिषेक यलेगारसँग २१–१६,२१–११ को सोझो सेटमा पराजित भएका थिए ।

Success

Thank you for your time.