default_image

7 years ago

December 14, 2016

रत्न र शिक्षा क्वाटरफाइनलमा

नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको एकल तर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रत्नजितले भारतका अमन कुमार लाई पुरुष एकलमा २१–१३ र २१–१९ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरे । यस्तै महिला एकल तर्फ शिक्षाले बंगलादेशकी एलिना सुल्तानलाई २२–२०, १९–२१ र २१–१७ ले […]

47 views

0 Bookmark

नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको एकल तर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

amita-giri

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रत्नजितले भारतका अमन कुमार लाई पुरुष एकलमा २१–१३ र २१–१९ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरे । यस्तै महिला एकल तर्फ शिक्षाले बंगलादेशकी एलिना सुल्तानलाई २२–२०, १९–२१ र २१–१७ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाईन् ।

यसैगरि रत्नजित र दीपेश धामीको जोडी पनि अन्तिम आठमा स्थान बनाउन सफल भएको छ । रत्न र दीपेशको जोडीले बंगलादेशका मोहम्मद अनामुल हक र मोज्जाम हुसैनको जोडीलाई १८–२१, २१–१६  २१–६ले पराजित गरे ।

पुरुष एकल तर्फ भएको पुरुष एकलको अन्य खेलमा बंगलादेशका तुषार कृष्ण रोयले माल्दिभ्सका नासिहु साराफुद्धिनलाई २१–६, २१–१०, भियतनामका दुक फात लेले नेपालका दीपेश धामीलाई २१–१३, २१–१२, भारतका सिद्धार्थ ठाकुरले भियतनामका क्वाङ्ग ह्यु दाङ्गलाई २१–८, २१–१३,  भियतनामका काव कुओङ्ग फामले ईरानका अमिर जोवारीलाई २१–१३, २१–१२, बंगलादेशका मोहम्मद सलमान खानले भारतका अरुण कुमार अशोक कुमारलाई १९–२१, २१–१७ र २१–१८, पाकिस्तानकी रिजवान आजमले भियतनामकी डुक गियाङ्ग ङयुयेनलाई २१–१७, २१–१७ तथा भारतका अभिषेक यलेगरले नेपालका बिष्णु कटुवाललाई २१–६ र २१–११ले हराउंदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

महिला एकलमा भियतनामकी थुई लिन्ह ङयुयेन पनि क्वाटरफाइनल प्रवेश गरिन् । नेपालकी पुनम गुरुङ्गले प्रतियोगितबाट आफ्नो नाम फिर्ता लिए पछि उनी स्वतः क्वाटरमा पुगेकी थिईन् । यस्तै इरानकी अघाई हाजीआघा सोरायाले नेपालकी अमिता गरिीलाई २१–६, २१–१३, पाकिस्तानकी पल्वसा बसिरले मालदिभ्सकी नफा नसरुल्हालाई २१–४, २१–८, ईन्डोनेसियाकी देभी युनिता ईन्दाह सारीले बंगलादेशकी अक्तार शप्लालाई २१–१६, २३–२१, पाकिस्तानकी महुर शाहजादले नेपालकी नङ्गशल तामाङ्गलाई २१–१८, २१–१९ तथा भियतनामकी थि फुओङ्ग थ्वे त्रानले मालदिभ्सकी माईसा फतुल्लाह ईस्माईललाई २१–१५, २१–१०ले पराजित गरे । यसका साथै सवै विजेताहरु क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष डबल्समा मालदिभ्सका एच.ज्यान शहिद र एन. शराफुद्धिनको जोडीले नेपालका दीपक बोहरा र भुगोल गुरुङ्गको जोडीलाई २१–१८, ९–२१ र २१–१३, पाकिस्तानका रिजवान आजम र सुल्हेरी कासिफ अलीको जोडीले नेपालका सुदीप सेंढाई र साजन कृष्ण ताम्राकारबाट वाक ओभर, भारतका अरुण जर्ज र शौरभ शर्माको जोडीले नेपालका इरफान अन्सारी र संजीव खड्काको जोडीलाई २१–९, २१–१०, बंगलादेशका एम खान र टि रोयको जोडीले नेपालका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडीलाई १७–२१, २१–९ र २१–९ तथा भियतनामका क्वाङ्ग ह्यू दाङ्ग र डुक गियाङ्ग ङयुयेनको जोडीले नेपालका विजीत थापामगर र बिष्णु कटुवालको जोडीलाई २१–१४, २१–१० ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरे ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको ब्याडमिन्टन सिरिजको महिला डबल्समा बंगलादेशकी अक्तर शप्ला र अलिना सुल्तानको जोडीले नेपालका मेघा चन्द र सुनैना मुखियाको जोडीलाई २१–८, २१–११, भारतका अनुष्खा पारिख र हरिका भेलुदूर्थीको जोडीले नेपालका अमिता गिरी र शिक्षा श्रेष्ठको जोडीलाई २१–७, २१–८ले र ईरान र ईन्डोनेसियाका ए.हजिआघा सोरया र डि. इन्दाह सारीको जोडीले मालदिभ्सका माईसा फथृुल्लाह ईस्माईल र नफा नसरुल्लाहको जोडीलाई २१–१६ र २१–१२ ले पराजित गर्दै क्वाटर फाइनमा पुगे ।

Success

Thank you for your time.