default_image

7 years ago

December 15, 2016

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपालका सबै खेलाडी क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं : राजधानीमा जारी नेपाल इन्टेरनेशनल ब्याडमिन्टन सिरिजको सेमिफाइनल पुग्ने सबै इभेन्टका खेलाडीको टुङ्गो लागेको छ। प्रतियोगिताको तेस्रो दिन क्वाटरफाइनलतर्फका सबै खेल सम्पन्न भएको छ। तर नेपालबाट अन्तिम चारमा कुनै पनि खेलाडीले प्रवेश पाएनन्। नेपाली नम्वर वन खेलाडी रत्नजित तामाङ सिरिजको मेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्समा सबैमा पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिए। त्रिपुरेश्वरस्थित राष्ट्रिय […]

44 views

0 Bookmark

काठमाडौं : राजधानीमा जारी नेपाल इन्टेरनेशनल ब्याडमिन्टन सिरिजको सेमिफाइनल पुग्ने सबै इभेन्टका खेलाडीको टुङ्गो लागेको छ। प्रतियोगिताको तेस्रो दिन क्वाटरफाइनलतर्फका सबै खेल सम्पन्न भएको छ। तर नेपालबाट अन्तिम चारमा कुनै पनि खेलाडीले प्रवेश पाएनन्।

Nepal

नेपाली नम्वर वन खेलाडी रत्नजित तामाङ सिरिजको मेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्समा सबैमा पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिए। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा भएको प्रतियोगितामा रत्नजित मेन्स सिंगलमा भारतीय खेलाडी सिद्धार्थ ठाकुरसँग २१-१८, २१-१७ को सोझो सेटमा पराजित भए।

रत्नजित र दिपेश धामीको जोडी मेन्स डबल्सको क्वाटरफाइनलमा पाकिस्तानका रिजवान अजाम र सुलेरी खासिफ अलीसँग २१-१६, २१-१८ को सेटमा पराजित भए। यस्तै रत्नजित र दिदी नंगसलको मिक्स डबल्सको जोडी भारतीय खेलाडी शौरभ शर्मा र अनउस्खा पारिखको जोडीसँग २-१ को सेटमा पराजित भए। पहिलो सेट भारतीय जोडीले २१-१३ ले जितेपनि दोस्रो सेटमा नेपाली खेलाडीले पुनरागमन गर्दै २१-१९ ले जित्दै १-१ को बराबरी गरेका थिए। तर तेस्रो सेट २१ १० ले जित्दै भारतीय जोडी सेमिफाइनलमा पुगेका हुन्। वुमन्स सिंगलमा नेपालकी शिक्षा श्रेष्ठ र मेधा चन्द पनि क्वाटरफाइनलबाटै बाहिरिएका छन्।

शिक्षा भिएतनामी खेलाडी थुइ नेयेनसँग २१-६, २१-१२ को सेटमा पराजित भइन् भने मेघा पनि भियतनामकै थि फुओन थुए तानसँग २१-८, २१-७ को सोझो सेटमा पराजित भइन्। वुमन्स डबल्समा नंगसल र पुजा श्रेष्ठको जोडी जक्कामपुदी मेघाना र पूर्भिसा एस रामको जोडीसँग २१-७, २१-५ को सोझो सेटमा पराजित भए। यस्तै शोभा गौचन र अनुमाया राई बंगाली जोडी अक्तर साप्ला र अलिना सुल्तानासँग २१-७, २१-१३ को सेटमा पराजित भए। यस्तै मिक्स डबल्समै बिजित थापा मगर र शिक्षा श्रेष्ठको जोडी भारतीय खेलाडी वेनकाट गौरव प्रसाद र जुही डेवानगानको जोडीसँग २१-८, २१-११ को सेटमा पराजित भए भने बिष्णु कटवाल र अमिता गिरीको जोडी बंगालादेशी खेलाडी मोहम्मद सल्मान खान र अलिना सुल्तनासँग २१-१२, २१-१४ को सेटमा पराजित भए।

Success

Thank you for your time.