default_image

7 years ago

December 16, 2016

योनेक्स सनराइज ब्याडमिन्टनमा भारतीय खेलाडीको दबदबा

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ को चौथो दिन शुक्रबार भारतीय खेलाडीको दबदबा रह्यो । सिरिजका ५ इभेन्ट मध्ये ४ वटा इभेन्ट्समा भारतीय खेलाडीले स्थान बनाएका छन् । त्यसमा पनि ३ इभेन्ट्स मेन्स सिगल्स, उमन्स डबल्स र मिक्स डबल्सको फाइनलमा भारतीय खेलाडीकै बीचमा मात्र प्रतिस्पर्धा हुने भएको छ । […]

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ को चौथो दिन शुक्रबार भारतीय खेलाडीको दबदबा रह्यो । सिरिजका ५ इभेन्ट मध्ये ४ वटा इभेन्ट्समा भारतीय खेलाडीले स्थान बनाएका छन् । त्यसमा पनि ३ इभेन्ट्स मेन्स सिगल्स, उमन्स डबल्स र मिक्स डबल्सको फाइनलमा भारतीय खेलाडीकै बीचमा मात्र प्रतिस्पर्धा हुने भएको छ ।

badminton

भारतका सिद्धार्थ ठाकुर र अभिषेक येलेगारबीच मेन्स सिंगल्सको फाइनल खेल्ने भएका छन् । शुक्रबारको सेमिफाइनलमा सिद्धार्थले भियतनामका डुक पाट लीलाई २१–१९,२१–१८ र अभिषेकले भियतनामका काव कोङ पामलाई २१–१३,६–२१,२१–१६ ले हराउँदै एक अर्कासँगको भेट पक्का गरेका छन् ।

उमन्स डबल्समा भारतका अनुष्का पारिख र हरिका भेलुद्रुतीको जोडी र सोही देशका जाकाम्पुदी मेघना र पूभिसा एस रामको जोडीबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । अनुष्का र हारिकाको जोडीले इरानकी अघाई हाजिया सोराया र इन्डोनेसियाकी देवी युनिता इन्दिहा सारीको जोडीलाई २१–१६,२१–१३ तथा जाकाम्पुदी र पूभिसाको जोडीले बंगलादेशका अख्तर साप्ला र अलिना सुल्तानको जोडीलाई २१–८,२१–१५ ले हराएको थियो ।

मिक्स डबल्समा भारतका वेङकट गौरव प्रसाद र जुही देवानगनको जोडी तथा सोही देशका सौरव शर्मा र अनुष्का पारिखको जाडीबीच फाइनल हुनेछ । वेङकट र जुहीको जोडीले बंगलादेशका मोहम्मद सलमान खान र अलिना सुल्तानको जोडीलाई २१–१२,२१–१४ ले तथा सौरव र अनुष्काको जोडीले बंगलादेशका मोहम्मद अनामुल हक र अख्तर साल्पाको जोडीलाई २१–१५,२१–१३ ले हराउँदै अन्तिम दुईमा स्थान बनाएको थियो ।

उमन्स सिंगल्समा फाइनलमा भने भियतनामकी थोए लिन र इन्डोनेसियाकी देवी युनिताबीच प्रतिस्पर्धा हुने भएको छ । थोएले इरानकी अघाई हाजियालाई २१–१२,२१–१३ ले तथा देवी युनिताले भियतनामकी थी फुङ थोएलाई २१–८,२१–७ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेका थिए ।

मेन्स डबल्समा पाकिस्तान रिवाज अजाम र सुलेरी कासिफ अलिको जाडी र भारतका अरुण एमआर र रामचन्द्रन सालोकको जोडीबीच फाइनल हुने भएको छ ।

रिजाव र सुलेरीको जोडीले भारतका एम अनिलकुमार राजु र वेङ्कट गौरव प्रसादको जोडीलाई २१–१५,२५–२३ ले तथा अरुण र रामचन्द्रनको जोडीले आफ्नै देशका अरुन जोर्जे र सौरव शर्माको जोडीलाई २१–१०,२१–१८ ले पराजित गरेको थियो ।

Success

Thank you for your time.