default_image

7 years ago

December 17, 2016

नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज: पाँच मध्ये चार उपाधि भारतको पोल्टामा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ को पाँच मध्ये उमन्स सिंगल्समा बाहेक सबैमा भारत विजयी भएको छ । मेन्स सिंगल्समा भारतीय अभिषेक येलेगार र उमन्स सिंगल्समा भियतनामकी थोए लिन एनगुएनले पहिलो स्थान प्राप्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार भएको फाइनलमा अभिषेकले आफ्नै देशका सिद्धार्थ ठाकुरलाई […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ को पाँच मध्ये उमन्स सिंगल्समा बाहेक सबैमा भारत विजयी भएको छ । मेन्स सिंगल्समा भारतीय अभिषेक येलेगार र उमन्स सिंगल्समा भियतनामकी थोए लिन एनगुएनले पहिलो स्थान प्राप्त गरेका छन् ।

1

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार भएको फाइनलमा अभिषेकले आफ्नै देशका सिद्धार्थ ठाकुरलाई २१–१६,२१–१४ ले हराए । उमन्स सिलंग्सको फाइनलमा थोएले इन्डोनेसियाकी देवी युनिता इन्दाहा रासीलाई २१–१७,२१–१६ को सोझो सेटमा हराइन् ।
मेन्स डबल्समा भारतका अरुण एमआर र रामचन्द्रन सलोकको जोडीले पाकिस्तानका रिवाज अजम र सुलेरी कासिफ अलिको जोडीलाई २१–१८,२१–१५ ले पराजित गर्यो ।

3

त्यस्तै उमन्स डबल्समा भारतका जाकाम्पुदी मेघना र पूर्भिसा एसरामको जोडीले स्वर्ण पदक जित्यो । जाकाम्पुदी र पूर्भिसाको जाडीले आफ्नै देशका अनुष्का पारिस र हारिका भेलुद्रुतीको जाडीलाई २१–१६,२१–१२ ले हराएको थियो । पाँच इभेन्ट्समध्ये सबैभन्दा प्रतिस्पर्धा मिक्स डबल्समा रह्यो । भारतका सौरव शर्मा र अनुष्का पारिखको जाडीले आफ्नै देशका वेङकट गौरव प्रसाद र जुही देवागनको जोडीलाई १४–२१,२१–१९,२१–१९ ले हराएको थियो ।

4

विजेता खेलाडीलाई आपूर्ति मन्त्री दीपक बोहरालगायतले पुरस्कृत गरे । ब्याडमिन्टन वल्र्ड फेडेरेसन र एसियन ब्याडमिन्टनको स्वीकृतीमा पाँच दिने प्रतियोगिताको आयोजना नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको थियो । योनेक्स सनराइजले सिरिजलाई मुख्य प्रायोजन गरेको थियो । ६ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको सिरिजमा नेपालसहित ९ राष्ट्रका ७२ खेलाडीको सहभागिता थियो ।

2

Success

Thank you for your time.