default_image

10 months ago

July 6, 2023

विश्व ब्याडमिन्टन दिवस बाल मन्दिरमा

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एकेडेमी (केबीए) ले ‘विश्व ब्याडमिन्टन दिवस जुलाई ५’ बाल मन्दिर नक्सालमा मनाएको छ। अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकाहरूलाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीहरूसँग ब्याडमिन्टन सिक्ने अवसर पाएका थिए । कार्यक्रममा ७० भन्दा बढी बालिकाको उपस्थिति रहेको थियो । उनीहरूले खेल्नुको साथ नाचगान गर्दै मनोरञ्जन […]

331 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एकेडेमी (केबीए) ले ‘विश्व ब्याडमिन्टन दिवस जुलाई ५’ बाल मन्दिर नक्सालमा मनाएको छ। अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकाहरूलाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीहरूसँग ब्याडमिन्टन सिक्ने अवसर पाएका थिए ।

कार्यक्रममा ७० भन्दा बढी बालिकाको उपस्थिति रहेको थियो । उनीहरूले खेल्नुको साथ नाचगान गर्दै मनोरञ्जन पनि गरेका थिए । कार्यक्रममा एकेडेमीकी अध्यक्ष रिता विष्टलेबाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।

‘बाल मन्दिरमा आश्रित बालिकाहरूलाई खेल्ने पाउने समान अवसर दिएकोमा काठमाडौं ब्याडमिन्टन एकेडेमीलाई धेरै धेरै धन्यवाद । आज हाम्रा छोरीहरूले रमाइलो गर्ने अवसर पाए । आउने दिनमा हामी अरु खेलमा पनि अग्रसरता दिनेछौं’, बाल मन्दिरकी अध्यक्ष न्यौपानेले भनिन् ।

‘हामीले गत वर्षको विश्व ब्याडमिन्टन दिवस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा मनाएका थियौं । यो दिवसलाई यसपाली फरक तरिकाले मनाउन हामीले बाल मन्दिर छनोट गरेका हौं । सबैले राम्रो गरे, रमाइलो माने, विश्व ब्याडमिन्टन दिवसलाई सफल बनाएकोमा सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु’, काठमाडौं ब्याडमिन्टन एकेडेमीका सचिव दीपक थापाले भने ।

एकेडेमीले विश्व ब्याडमिन्टन दिवसमा प्रयोग गरेका सम्पूर्ण खेल सामाग्री बाल मन्दिरलाई हस्तान्तरण गरेको थियो । बाल मन्दिरका बालिकाहरूलाई एकेडेमीका खेलाडीसहित नेपालका नम्बर १ महिला खेलाडी रसिला महर्जनले ब्याडमिन्टनको ¥याकेट समातेर सटललाई प्रहार गर्दै नेट कटाउन सिकाएकी थिइन् । यसै अवसरमा रसिलाले आफूले जितेको पुरस्कारको १० प्रतिशत रकम बालिकाहरूको शिक्षाको लागि बाल मन्दिरलाई प्रदान गर्ने गरेकी थिइन् । उहाँले हालै अन्नपूर्ण र प्रधानमन्त्री कपको उपाधि जितेकी थिइन् ।

Success

Thank you for your time.