default_image

7 years ago

February 2, 2017

दिदीभाई कृष्णमोहन स्मृती ब्याडमिन्टन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– तामाङ दिदीभाई नङसल देवी र रत्न जितले राष्ट्रव्यापी कृष्णमहोन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३ को उपाधि जितेका छन् । सशस्त्र प्रहरी बलको मुख्य मुख्यालय हलचोकको कभर्ड हलमा बिहीबार भएको पुरुष एकलतर्फको फाइनल मा त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङले आफ्नै क्लबका नविन श्रेष्ठलाई २१–१७, २१–९ को सोझो सेटमा हराएर उपाधि जितेका थिए । महिला […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तामाङ दिदीभाई नङसल देवी र रत्न जितले राष्ट्रव्यापी कृष्णमहोन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३ को उपाधि जितेका छन् ।

च्याम्पियन तामाङ दिदिभाई नङसलदेवी र रत्नजित उपाधिका साथ ।

च्याम्पियन तामाङ दिदिभाई नङसलदेवी र रत्नजित उपाधिका साथ ।

सशस्त्र प्रहरी बलको मुख्य मुख्यालय हलचोकको कभर्ड हलमा बिहीबार भएको पुरुष एकलतर्फको फाइनल मा त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङले आफ्नै क्लबका नविन श्रेष्ठलाई २१–१७, २१–९ को सोझो सेटमा हराएर उपाधि जितेका थिए । महिला एकलतर्फको फाइनल खेलमा आर्मीकी नङसलले आयोजक नेपाल एपिएफ क्लबकी शिक्षा श्रेष्ठलाई २१–१७, २१–१७ ले सोझो सटेमा हराइन् ।

तामाङ दिदीभाईले केही महिनाअघि पाकिस्तानमा भएको एसियन सिरिजमा मिक्स डबल्समा स्वर्ण पदक जितेका थिए । त्यो नेपालले जितेको अहिले सम्मकै ठूलो पदक हो ।
पुरुष एकलको फाइनल खेलका रत्नजित र नविनको जोडीले पुरुष युगलतर्फ पहिलो स्थान पप्त गरेको थियो । आर्मीका रत्नजित र नविन श्रेष्ठको जोडीले एपिएफका विजित थापामगर र विशाल प्रधानको जोडीलाई २१–१८, २१–१४ ले हराएको थियो ।
रत्नजितले ६० हजार रुपैयाँ, नङसलदेवीले ५० हजार रुपैयाँ तथा रत्नजित र नविको जोडीले जनही २५ हजार रुपैया, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
सोहि समारोहमा व्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी समेत रहनु भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले प्रायोजन गर्नुभएको ‘उदयमान व्याडमिन्टन खेलाडी पुरस्कार’ प्रिन्स दाहाललाई प्रदान गरिएको छ ।

Success

Thank you for your time.