default_image

7 years ago

March 6, 2017

अर्को महिना म्याग्दीमा राष्ट्रिय ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको राष्ट्रव्यापी ब्याटमिन्टन प्रतियोगिताको चौथो संस्करण अर्को महिला म्याग्दीमा आयोजना हुने भएको छ । गंगटा युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा पाँच विधामा प्रतिस्पर्धा हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष अध्यक्ष रेशम पुनले जानकारी दिए । चैत ९ देखि १२ गते सम्म बेनी कभर्ड हलमा हुने प्रतियोगितामा […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको राष्ट्रव्यापी ब्याटमिन्टन प्रतियोगिताको चौथो संस्करण अर्को महिला म्याग्दीमा आयोजना हुने भएको छ । गंगटा युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा पाँच विधामा प्रतिस्पर्धा हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष अध्यक्ष रेशम पुनले जानकारी दिए ।

badminton

चैत ९ देखि १२ गते सम्म बेनी कभर्ड हलमा हुने प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, भेट्रान डबल्स र यु–१७ ब्याइज एकलमा प्रतिस्पर्धा हुनेछ । मेन्स डबल्सबाहेकका विधामा शीर्ष वरियताका खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

पुरुष एकलको विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रा हुने दुई खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष डबल्सको विजेताको जोडीले १ लाख दोस्रो हुने जोडीले ५० हजार र तेस्रो हुने दुई जोडीका हरेक खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै महिला एकलको विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन् । भेट्रान्स डबल्सको विजेताले ३० हजार, दोस्रो हुने जोडीले १५ हजार तथा तेस्रो हुने जोडीक हरेक खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन् । पुरस्कार राशी एसआर कम्पनी हङकङले गरेको हो ।

यस्तै यु–१७ एकल ब्वाइज बिधाको पुरस्कार राशि काठमाडौं जिल्ला ब्याडमिन्टन संघले प्रदान गर्ने संघका अध्यक्ष दीपक थापाले बताए । तीन सयभन्दा बढीले सहभागिता जनाउने प्रतियोगिता सम्पन्न गर्न झन्डै २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा विभागीय टोलीहरू नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी तथा अन्य राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगिताका संयोजक वीरबहादुर थापा(वीरे) ले प्रतियोगिताले म्यादीको प्रचार हुने विश्वास व्यक्त गरे । म्याग्दी जिल्ला विकास समितिका उपाध्यक्ष सोभन श्रेष्ठले प्रतियोगिता आयोजनाका लागि जिल्ला तयार रहेको र स्थानियहरुमा पनि उत्साहको सञ्चार भएको बताए । जिल्ला खेलकुद विकास समितिका सदस्य जीवन मल्ल, गंगटा क्लबका संरषक चित्रबहादुर केसीले प्रतियोगिता सफलतपूर्वक आयोजनाका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

Success

Thank you for your time.