default_image

7 years ago

July 11, 2017

साविक विजेता रत्न र नङ्गसललाई उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा आफ्नो बर्चस्व कायम गरेको छ। प्रतियोगितामा संचालित ९ विधा मध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्याडमिन्टनमा आफ्नो बर्चस्व कायम गरेको हो । सेनाले पुरुष एकल तथा जोडी, महिला एकल तथा जोडी, ब्वाईज यु–१७, गल्र्स यु–१७ र […]

52 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा आफ्नो बर्चस्व कायम गरेको छ। प्रतियोगितामा संचालित ९ विधा मध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्याडमिन्टनमा आफ्नो बर्चस्व कायम गरेको हो ।

सेनाले पुरुष एकल तथा जोडी, महिला एकल तथा जोडी, ब्वाईज यु–१७, गल्र्स यु–१७ र यु–१५ एकलमा जित हात पारेको हो । ९ विधा मध्ये २ विधा ब्वाईज यु–१५ एकल र भेट्रान्स ४५ माथिको विधामा मात्र सेना पछाडी परेको थियो ।

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलमा सेनाका साविक विजेता रत्नजित तामाङ्गले सेनाकै नविन श्रेष्ठलाई २३÷२१ र २१÷१७ ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन् । यस्तै महिला एकल तर्फ पनि साविक विजेता नेपाली सेनाकी नङ्गशलदेवी तामाङ्गले आफ्नै क्लबकी अमिता गिरीलाई २१÷१४, १९÷२१ र २१÷८ को जित हात पार्दै उपाधी रक्षा गरिन् । विजेताले नगद ५० हजार सहित, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेताले नगद २५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै तृतीय स्थान हात पार्ने खेलाडीहरुले नगद १० हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको पुरुष जोडी तर्फको उपाधी पनि सेनाको पोल्टामा गयो । सेनाका रत्नजित र नविन श्रेष्ठको जोडीले पुलिसका बिष्णु कटुवाल र दिपेश धामीको जोडीमाथि २१÷१७, २१÷१८ को सोझो सेटमा पाखा लगाउन सफल भए ।

खेल सामाग्री निर्माता अन्तराष्ट्रिय संस्था योनेक्सको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला जोडी तर्फ सेनाका नङ्गशल र अनुमाया राईको जोडीले एपिएफकी पुजा श्रेष्ठ र याम कुमारी गुरुङ्गको जोडीलाई २१÷११, १६÷२१ र २१÷१४ ले पराजित गरे ।

यस्तै ब्वाईज यु–१५ एकलमा ललितपुरका पेम्बा शेर्पाले कञ्चनपुरका गोकुल जोरालाई २१÷२३, २१÷१६ र २१÷१५ले, ब्वाईज यु–१७ मा सेनाका प्रफुल महर्जनले सेनाकै पविन लिङ्गथेपलाई २१÷९, २१÷१६ले पराजित गर्दै उपाधी हात पारे । गल्र्स यु–१५ र १७ एकल दुवैमा सेनाकी रसिला महर्जनले जित हात पारिन् । उनले यु–१५ मा जेष्ट ब्याडमिन्टन एकेडेमीकी रञ्जना भट्टलाई २१÷१२, २१÷१७ ले तथा यु–१७ मा बिराट ब्याडमिन्टन क्लबकी सिमा राजवंशीलाई २१÷१०, २१÷६ ले पराजित गर्दै प्रथम स्थान हात पारिन् ।

विजयी पहिलो, दोश्रो र तेश्रो हुनेले नगद १० हजार, ७ हजार र ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा अन्नपूर्ण ब्याडमिन्टन क्लबका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले पुलिसका प्रेम चन्द र गणेश चन्दको जोडीलाई गल्र्स १५ एकलमा सेनाकी रसिला महर्जनले जेष्ट ब्याडमिन्टन एकेडेमीका रञ्जना भट्टलाई २१÷१०, २१÷१२ को सेटमा पराजित गर्दै जित आत्मसाथ गरे । विजयी खेलाडीहरुले खेल सामाग्री प्राप्त गरे ।

कम्निष्ट पार्टीका संस्थापक नेता पुष्पलालको संझनामा २०६६ सालमा ¥याङ्किङ्ग प्रतियोगिताको रुपमा सुरु भएको प्रतियोगिता छैटौं संस्करणमा आई पुग्दा खुला प्रतियोगिताको रुपमा संचालन हुनुका साथै यसै प्रतियोगिताबाट अन्तराष्ट्रिय संस्थालाई प्रायोजकको रुपमा पाएको छ । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको अर्को संस्करण मोफसलमा आयोजना गरिने नेपाल ब्याडमिन्टन संघका महासचिव एवं राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी गराए । मोफसलमा पनि ब्याडमिन्टन खेलको विकास र विस्तारमा यस खेलले महत्वपूर्ण योगदान गर्ने विश्वासका साथ अर्को संस्करण देखि मोफसलमा यस खेललाई आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए ।

Success

Thank you for your time.