default_image

7 years ago

July 21, 2017

एसियन जुनियर ब्याडमिन्टनमा नेपालीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले इन्डोनेसियामा आयोजना हुने एसियाली जुनियर ब्याडमिन्टन प्रतियोगितामा ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । खेलाडीसहित ८ सदस्यीय टोली बिहीबार त्यस्तर्फ प्रस्थान गरेको छ । शनिबार सुरु भई साउन १५ गते सम्म चल्ने प्रतियोगितामा नेपालका ३ महिला र ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । नेपालीले […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले इन्डोनेसियामा आयोजना हुने एसियाली जुनियर ब्याडमिन्टन प्रतियोगितामा ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । खेलाडीसहित ८ सदस्यीय टोली बिहीबार त्यस्तर्फ प्रस्थान गरेको छ ।

शनिबार सुरु भई साउन १५ गते सम्म चल्ने प्रतियोगितामा नेपालका ३ महिला र ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । नेपालीले सिंगल्स, डबल्स, मिक्स डबल्स र मिक्स टिम इभेन्ट्समा चुनौति प्रस्तुत गर्नेछन् ।

महिला खेलाडी रशिला महर्जन, जेनिसा गुरुङ र सुनैना मुखिया तथा पुरुष खेलाडी प्रफुल महर्जन, रविन लिङथेन र रुकेश महर्जनले प्रतिस्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा किरण थापा र व्यवस्थापकमा उदयकुमार श्रेष्ठ छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, राखेप सदस्य एवंम संघका महासचिव विरेन्द्र श्रेष्ठलगायतले बिहीबार टोलीलाई सातदोबाटोमा आयोजित कार्यक्रममा विदाई गरेका थिए ।

Success

Thank you for your time.