default_image

8 years ago

November 20, 2015

ब्याडमिन्टन टोली कोरिया प्रस्थान

योनेक्स कोरिया जुनियर खुला ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार दक्षिण कोरियाको ग्वान्जु प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१७ उमेरसमूहको सिंगल्स र डबल्समा भाग लिने छ । यु–१९ मा निरविक्रम देवकोटा र गौतमसिंह कठायत तथा यु–१७ मा चिरण विष्ट र रुकेश […]

55 views

0 Bookmark

योनेक्स कोरिया जुनियर खुला ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार दक्षिण कोरियाको ग्वान्जु प्रस्थान गरेको छ ।

3

नोभेम्बर २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१७ उमेरसमूहको सिंगल्स र डबल्समा भाग लिने छ ।

यु–१९ मा निरविक्रम देवकोटा र गौतमसिंह कठायत तथा यु–१७ मा चिरण विष्ट र रुकेश महर्जनले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा अनिल लाखे तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सदस्य नवीनविक्रम शाह छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, राखेप सदस्य राजेन्द्र श्रेष्ठ (राजु) र ब्याडमिन्टन संघका पदाधिकारीलगायतले बिदाइ गरे ।

सो अवसरमा उपाध्यक्ष शेर्पाले मुकुलको विषम परिस्थितिका बावजुद पनि खेलकुद चलायमान हुनु खुशीको कुरा भएको बताउदै खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न सुझाव दिए ।

Success

Thank you for your time.