default_image

5 years ago

November 30, 2018

नेपाली खेलाडीको राम्रो प्रदर्शन जारी

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो दक्षिण एशियाली यु – २१ ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाली खेलाडीको राम्रो प्रदर्शन शुक्रबार पनि जारी रहेको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सुनील जोसीले पुरुष एकलमा मालदिभ्सका निबाल अहमदलाई २१-१२, २१-१५ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए । सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको प्रतियोगित नेपाललाई जित दिलाउने क्रममा […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो दक्षिण एशियाली यु – २१ ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाली खेलाडीको राम्रो प्रदर्शन शुक्रबार पनि जारी रहेको छ ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सुनील जोसीले पुरुष एकलमा मालदिभ्सका निबाल अहमदलाई २१-१२, २१-१५ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए । सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको प्रतियोगित नेपाललाई जित दिलाउने क्रममा नेपालका प्रिन्स दाहालले श्रीलङ्काका भिरेन नेतासिंघेलाई २१-९, २१ -१६, प्रफुल महर्जनले मालदिभ्सका माहम्मद राफाहलाई २१-४, २१-८ तथा नविन श्रेष्ठले बंगलादेशका गौरव सिंहलाई २१-१७, २१-७ ले पराजित गरे ।

महिला एकल तर्फ रञ्जना भट्टले बंगलादेशकी उर्मी अख्तरलाई २१- १९, २१-१८ ले पाखा लगाईन् । रञ्जना अगाडी बढ्दा रशिला
महर्जन भारतकी माल्भिका बान्सोद संग २१-१०, २१-१२ ले पराजित भइन । जेशिका गुरुङ्गलाई श्रीलङ्काकी दिल्मी दियास संग २१-८, २१-१५ ले तथा सुनैना मुखियाश्रीलङ्काकै प्रतिद्वन्द्वीसँग २१-८, २१-९ ले पराजित भए ।

यसैगरि अन्य खेलमा पुरुष एकल बंगलादेशका मंगल सिंहले मालदिभ्सका अकिफ मोहम्मदलाई २१-५, २१-१८ ले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरे । क्वाटरफाईनलमा प्रवेश गर्ने क्रममा भारतका प्रियान्सु रजावतले श्रीलङ्काका चिराथ इल्लेपेरुमाचीलाई २१-११, २५-२३ले, श्रीलङ्काका रन्थुस्का ससिन्दुले आफ्नै देशका चामाथ दियासलाई २१-१६, २१-१९ ले तथा भारतका ध्रुव रावतले श्रीलङ्काका धुमिन्दु अभयविक्रमेलाई २१-११, २१-१७ ले पाखा लगाए ।

महिला तर्फ बंगलादेशकी फवरिन विन्ते इमदाद हृदिताले मालदिभ्सकी माशा रशिदलाई १९-२१, २१-१७, २१-१६, श्रीलङ्काकी हसरा विजयरत्नेले मालदिभ्सकी अमिनाथ नविहालाई २१-१०, २१-१९ ले तथा भारतकी पूर्वे बार्भेले बंगलादेशकी रश्मा अख्तरलाई २१-७, २१-७ ले पराजित गर्दै क्वाटरफाईनल यात्र तय गरे ।

Success

Thank you for your time.