default_image

5 years ago

January 8, 2019

प्रिन्स र प्रफुल क्वाटरफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप यु–१९ जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टनका स्वर्ण पदकधारी प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१–१३ र २१–११ ले तथा यु–१९ का नम्बर एक खेलाडी प्रफुलले नेपालकै सुरज गुप्तालाई २१–८ र २१–११ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भए […]

46 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप यु–१९ जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टनका स्वर्ण पदकधारी प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१–१३ र २१–११ ले तथा यु–१९ का नम्बर एक खेलाडी प्रफुलले नेपालकै सुरज गुप्तालाई २१–८ र २१–११ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भए ।

यसैगरि नेपालका सत्यम सुब्बा, प्रनिष सिंह ठकुरी, पविन लिन्थेप, म्यानमारका थु रिनले क्वाटरफाइनलमा स्थान बनाए । सत्यमले नेपालकै सफल थापालाई २१–१९ र २१–१६ ले पाखा लगाए । प्रनिषले नेपालकै देवराज रानालाई १७–२१, २२–२० र २१–१९ ले हराए । पविनले दिवश बिश्वकर्मालाई १९–२१, २१–१० र २१–१४ ले तथा म्यानमारका थु रिनले नेपालका पेम्बा शेर्पालाई २१–१५ र २१–१२ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।

सरोज अन्सारीले सरोजले नेपालकै भोज गुरुङलाई २२–२० र २१–११ ले तथा रुकेश महर्जनले अनिश खतिवडालाई २१–४, २१–९ ले पाखा लगाए । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१५ तर्फ नेपालका रोहित बराल, बिवेक चौधरी, उज्जल श्रेष्ठ र नरेन्द्र बमले पनि अन्तिम आठमा स्थान पक्का गरे ।

यु–१९ गल्र्सतर्फको खेलमा बिष्णा राई र रोज पाण्डेले क्वाटरफाईनलमा स्थान बनाइन् । बिष्णाले लिमिन बेलबासेलाई २१–७ र २१–६ ले तथा रोजले स्मृती राईलाई २१–६ र २१–४ ले पन्छाइन् ।

२ लाख ५० हजार बराबरको पुरस्कार रासी रहेको प्रतियोगितामा यु–१५ ब्वाईज र गल्र्स एकल तथा यु–१९ ब्वाईज र गल्र्स एकल तथा युगल गरि ६ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

करिव २० लाखको लागत रहेको प्रतियोगितामा पहिलो हुनेले २ सय, दोश्रोले १ सय र तेश्रो हुनेले ५० अमेरिकी डलर प्राप्त गर्नेछन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार बिष्टले उद्घाटन गरे ।

Success

Thank you for your time.