default_image

5 years ago

January 9, 2019

प्रिन्सलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – दुवईअन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन सिरिजका च्याम्पियन प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । विराटनगरमा जारी प्रतियोगितामा प्रिन्सले म्यानमारका थु रिनलाई यु–१९ विधामा र यु–१५ मा नेपालकै रोहित बराललाई पराजित गर्दै दोहोरो सफलता हात पारेका हुन् । यु–१९ मा प्रिन्सले थु रिनमाथि २१–११ र २१–१५ को […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुवईअन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन सिरिजका च्याम्पियन प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् ।

विराटनगरमा जारी प्रतियोगितामा प्रिन्सले म्यानमारका थु रिनलाई यु–१९ विधामा र यु–१५ मा नेपालकै रोहित बराललाई पराजित गर्दै दोहोरो सफलता हात पारेका हुन् । यु–१९ मा प्रिन्सले थु रिनमाथि २१–११ र २१–१५ को सहज जित निकाल्यो । उनके सेमिफाइनलमा स्थान बनाए ।

यस्तै यु–१५ का शीर्ष वरीयताका प्रिन्सले नेपालकै रोहित बराललाई २१–६ र २१– ११ ले पाखा लगाउंदै अन्तिम चारमा स्थान बनाउन सफल भए । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सहिद रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यु–१९ तर्फ नेपाल नम्बर एक खेलाडी प्रफुल महर्जनले सत्यम सुब्बालाई २१–४ र २१–१० ले हराउंदै सेमिफाइनलमा पुग्न सफल भए । पविन लिङथेपले प्रनिश सिंह ठकुरीलाई २१–१२, १६–२१ र २१–१६ ले पाखा लगाउंदै सेमिमा प्रवेश गरेका हुन् । यस्तै रुकेश महर्जनले सहरोज अन्सारीलाई २१–१४, १५–२१ र २१–१७ ले पराजित गरे ।

यु–१५ ब्वाईजतर्फ प्रिन्सका साथै हिमाल चन्द, रोशन साउद र म्यानमारका ज लिन थु पनि अन्तिम चारमा पुगे । हिमालले बिवेक चौधरीलाई २१–१६ र २१–१९, रोशन साउदले उज्जल श्रेष्ठलाई १३–२१, २१–१२ र २१–१३ ले तथा ज लिनले नेपालका अनिष खतिवडालाई २१–१६ र २१–११ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

गर्ल्स यु –१९ तर्फको खेलमा जेशिका गुरुङ, सीमा राजवंशी, रञ्जना भट्ट, र रशिला महर्जनले अन्तिम चारको यात्रा तय गर्न सफल भए । जेशिकाले निता लम्साललाई २१–१० र २१–६, सिमाले विश्ना बिष्टको रिटायर्ड हर्टका आधारमा, रञ्जनाले रोज पाण्डेलाई २१–१२ र २१–१२ ले तथा रशिलाले अञ्जना राईलाई २१–२ र २१–६ ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् ।

ब्वाईज यु–१९ युगलतर्फको खेलमा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले सफल थापा र सरोज गुप्ताको जोडीलाई २१–१० र २१–१० ले हराए । अव महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । शेर्पाको जोडीले देवराज राना र रोशन साउदको जोडीलाई २१–११ र २१–१२ ले पाखा लगाए ।

यस्तै अर्को सेमिफाईनलमा पविन लिङथेप र दिवश बिश्वकर्माको जोडीले म्यानमारका ज लिन थु र थु रिनको जोडी संग प्रतिस्पर्धा गर्नेछन् । लिनथेपको जोडीले शिब थापा र सहरोज अन्सारीको जोडीलाई २१–१२ र २१–१७ तथा थुको जोडीले रोहित बराल र उज्जल श्रेष्ठको जोडीलाई २१–५ र २१–१५ ले पाखा लगाए ।

Success

Thank you for your time.