default_image

5 years ago

January 10, 2019

प्रिन्स दोहोरो र रसिला तेहोरो उपाधिनजिक

विराटनगर (हाम्रो खेलकुद) – युवा स्टार प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो तथा रसला महर्जन तेहोरो उपाधिनजिक पुगेका छन् । विराटनगरमा जारी प्रतियोगिताको यु–१९ मा दोस्रो वरीयताका रुकेश महर्जनलाई २१–१३ र २१–१७ ले पराजित गर्दै  उपाधिनजिक पुग्दा यु–१५ मा हिमाल चन्दमाथि २१–६ र २१–२ को सहज जित निकाल्दै दोहोरो उपाधिनजिक पुगेका हुन् […]

42 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – युवा स्टार प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो तथा रसला महर्जन तेहोरो उपाधिनजिक पुगेका छन् ।

विराटनगरमा जारी प्रतियोगिताको यु–१९ मा दोस्रो वरीयताका रुकेश महर्जनलाई २१–१३ र २१–१७ ले पराजित गर्दै  उपाधिनजिक पुग्दा यु–१५ मा हिमाल चन्दमाथि २१–६ र २१–२ को सहज जित निकाल्दै दोहोरो उपाधिनजिक पुगेका हुन् ।  यस्तै रसिला महर्जन यु–१९ एकल र युगल तथा यु–१५ गरि तीन विधाको उपाधिनजिक पुगेका हुन् ।

रसिलाले यु–१९ मा रञ्जना भट्टलाई २१–९ र २१–१२ ले पाखा लगाउँदै फाईनलमा यु–१९ की शिर्ष बरियताकी जेशिका गुरुङसँगको भेट पक्का गरिन् । जेशिकाले सिमा राजबंशीलाई २१–१२ र २१–६ ले पराजित गरेकी हुन् । यु–१५ तर्फपनि रशिला रोज पाण्डेमाथि २१–७ र २१–५ ले जित निकाल्दै फाईनल प्रवेश गरिन् । यस्तै यु–१९ तर्फ पनि रशिला फाईनल प्रवेश गरिन् । जेशिका गुरुङसँगको जोडी बनाएकी रशिलाले सेमिफाईनलमा बिश्ना बिष्ट र स्मृती राईको जोडीबाट वाक ओभर प्राप्त गर्दै उपाधी नजिक पुगेकी हुन् ।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१९ ब्वाईज एकलतर्फ शर्ष वरीरयताका प्रफुल महर्जन पविन लिनथेपलाई २१–११, २१–११ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गर्न सफल भए । अब उनले उपाधीका लागि प्रिन्स दाहालको सामना गर्नेछन् ।

सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यु–१५ गल्र्स तर्फको खेलमा बिश्ना बिष्ट घुँडामा चोटका कारण खेल खेल्न नसकी रिटायर्ड भएका कारण स्मृती राईले फाईनल यात्रा बनाइन् । ५–३ को अग्रता लिईरहेको अवस्थामा बिश्नालाई घुँडाको चोट बल्झेको थियो । अव स्मृतीले रशिलासँग उपाधीका लागि भिड्नेछिन् । ब्वाईजको सोहि विधातर्फ म्यानमारका ज लिन थु नेपालका रोशन साउदलाई २१–४ र २१–१५ ले पाखा लगाउँदै उपाधीका लागि प्रिन्ससँगको भेट पक्का गरे ।

यु–१९ गल्र्स युगल तर्फको खेलमा सिमा राजबंशी र निता लम्सालको जोडी फाईनल प्रवेश गरे । अव उनीहरुले जेशिका र रशिलाको जोडी संग फाईनलमा प्रतिस्पर्धा गर्नेछन् । सिमा र निताको जोडीले रञ्जना भट्ट र रोज पाण्डेको जोडीलाई २१–१३, २१–१३ को समान अन्तरले पन्छाइन् । ब्वाईजतर्फ प्रफुल महर्जन र रुकेश महर्जनको जोडी फाईनल प्रवेश गरे ।

महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीलाई २१–१० र २१–११ ले पराजित गर्दै फाईनलमा म्यानमारका खेलाडीहरुसंग प्रतिस्पर्धा गर्ने भएका छन् । अर्को खेलमा म्यानमारका खेलाडीहरु ज लिन थु र थु रिनको जोडीले नेपालका पविन लिनथेप र दिवश बिश्वकर्माको जोडीलाई २१–१८ र २१–१४ ले पराजित गरे । फाइनल शुक्रबार हुनेछ ।

Success

Thank you for your time.