default_image

5 years ago

January 13, 2019

प्रिन्सको विजय यात्रा जारी

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय लयमा रहेका प्रिन्स दाहालले प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् । उनले यसअघि दुवई अन्तर्राष्ट्रिय जुयिनर ब्याडमिन्टन तथा विराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनका दुई विधामा उपाधि जितेका थिए । काठमाडौबाट प्रतिनिधित्व गरेका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दर हरैंचा स्पोर्टस् ग्रामका मुना […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय लयमा रहेका प्रिन्स दाहालले प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् । उनले यसअघि दुवई अन्तर्राष्ट्रिय जुयिनर ब्याडमिन्टन तथा विराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनका दुई विधामा उपाधि जितेका थिए ।

काठमाडौबाट प्रतिनिधित्व गरेका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दर हरैंचा स्पोर्टस् ग्रामका मुना हाङ राईलाई २१–४ र २१–४ को सोझो सेटमा पराजित गर्दै आफ्नो विजयी यात्रालाई जरी राखेका हुन् । दुर्गादेवी दुलाल सुन्दर हरैंचा स्पोर्टस् ग्रामद्वारा आयोजित प्रतियोगिताको पुरुष एकलतर्फ नै पुलिसका बिष्णु कटुवाल र जीवन आचार्य, आर्मीका प्रफुल महर्जन, रुकेश महर्जन, पविन लिङथेप र दिवश शंकर, एपिएफका बिजित थापा मगर, गौतम कठायत, सुमल लिम्बु, सुनिल जोशीले आ–आफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।

बिष्णुले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका अजय चौधरीलाई २१–५, २१–८ ले पराजित गरे । यस्तै पुलिसकै जीवनले बिर्तामोडका बिवेक कनदङ्वालाई २१–५ र २१–७ ले पाखा लगाए । आर्मीका प्रफुलले तेह्रथुमका क्षितिज केसीलाई २१–९ र २१–१४, रुकेशले विर्तामोडका नविन सिलवाललाई २५–२३ र २१–१०, पविनले पाँचथरका सन्देश जवेगुबाट वाक ओभर र दिवश शंकरले सूर्खेतका नरेन्द्र बमलाई २१–१०, १८–२१ र २१–१३ ले पराजित गरे ।

एपिएफका बिजित थापा मगरले मोरङका दिपेन राईलाई २१–६ र २१–११, गौतम कठायतले जेष्ट ब्याडमिन्टन एकेडेमीका अनिष खतिवडालाई २१–१० र २१–१० ले परुाजित गरे । सुमल लिम्बुले झुम्काका गोपाल सुब्बालाई २१–८ र २१–११ र सुनिलले भद्रपुरका सम्प्रास लिम्बुलाई २१–३ र २१–११ ले पाखा लगाए ।

जेष्ट ब्याडमिन्टन एकेडेमिका प्रियान्सु क्षेत्रीले वेष्ट बंगालका जयदीप शाहलाई २१–१९ र २१–१७, वेष्ट बंगालका निहाल दर्नालले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुनाम श्रेष्ठलाई २१–१३ र २१–१३, वेष्ट बंगालका प्रियान्सु सिंहले कोठारीका डबल बहादुर गुरुङलाई २१–१५, १३–२१ र २१–१६ तथा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका प्रनिश सिंह ठकुरीले इटहरीका भोज बहादुर गुरुङलाई २१–११ र २१–१० ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गर्न सफल भए ।

चार विधामा खेलाइएको प्रतियोगितामा नेपाल र भारतका गरि पुरुष एकलमा ३२, पुरुष युगलमा २९, मिक्स युगलमा ९ र भेट्रान्स युगलमा १६ जोडीले प्रतिस्र्धा गरिरहेका छन् । पूर्वाञ्चलका खेल प्रेमी, समाज सेवी भोलेश्वर दुलालले आफ्नी आमा दुर्गादेवी दुलालको नाममा प्रतियोगिता आयोजना भएको हो । प्रतियोतिाको सुन्दर हरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

Success

Thank you for your time.