default_image

5 years ago

March 24, 2019

प्रियान्सु र गोकुल छनोट

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय नेपाल एपिएफ क्लबका प्रियान्सु सिंह क्षेत्री र कन्चनपुरका गोकुल जोरा १५ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको छनोट चरणमा प्रवेश गरेका छन् । सशस्त्र प्रहरी बल (एपिएफ)का पूर्व महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठको सम्मान आयोजना गरिएको प्रतियोगिता १५औं संस्करणको प्रतियोगिताको पहिलो दिन प्रियान्सुले रुपन्देहीका रोशन कुमाललाई २१–१५, २१–१७ ले […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय नेपाल एपिएफ क्लबका प्रियान्सु सिंह क्षेत्री र कन्चनपुरका गोकुल जोरा १५ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको छनोट चरणमा प्रवेश गरेका छन् ।

सशस्त्र प्रहरी बल (एपिएफ)का पूर्व महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठको सम्मान आयोजना गरिएको प्रतियोगिता १५औं संस्करणको प्रतियोगिताको पहिलो दिन प्रियान्सुले रुपन्देहीका रोशन कुमाललाई २१–१५, २१–१७ ले पराजित गर्दै मुख्य चरणमा प्रवेश गर्न सफल भएको हो ।

यस्तै कन्चनपुरका गोकुल जोराले कीर्तिपुरका दिवाकर पाण्डेलाई २१–१७ र २१–१५ ले हराउदै फाइनल चरणलाई स्थान बनाए । जेस्टका अनिश कटुवालले अनिशले रुपन्देहीका दीप सूर्यबंशीलाई २१–१३ र २१–१७ को सोझो सेटमा पराजित गर्दै छनोट चरण पार ग¥यो ।

छनोट चरणको पार गर्ने अन्य खेलाडीहरुमा म्याग्दीका बिजय बानिया, इटहरीका भोज बहादुर गुरुङ, जेष्ट ब्याडमिन्टन एकेडेमीका आशिष तामाङ, स्वयम्भुका गोकुल तामाङ र कैलालीका अमृत चौधरी रहे ।

प्रतियोगितामा पुरुष/महिला एकल तथा युगल, मिश्रीत युगल, १७ बर्ष मूनिको छात्र तथा छात्रा, ३५, ४५ र ५५ बर्ष माथिको भेट्रान्स गरि कुल २८७ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी लनटेनिसतर्फ सुरजकुमार श्रेष्ठ, किरनजंग कुवँर, चन्द्र थापा, उत्तम बोगटी, केशर गुरुङ, राम राणा, कृष्ण कार्की, कुमार तामाङ, पल मार्टिन सोल, देव क्षेत्री, सुकमान तामाङ, भीष्मजंग गुरुङ, रोहित सुनुवार, काजीमान गुरुङ विजयी भए ।

त्यस्तै राजु श्रेष्ठ, सुबोध अधिकारी, मनोज शाह, सीमान्त गुरुङ, गोपी भट्टराई, अमृत रोका, राजेश क्षेत्री, महेश श्रेष्ठ, ध्रुव गुरङ, आशिष सिग्देल र करिमुल्ला मुस्लिम विजयी भए । प्रतियोगिताको सशस्त्र प्रहरीबलका अतिरिक्त महानिरीक्षक रामसरण पौडेलले मुख्य रेफ्रीहरुलाई बल तथा सटल कर्क हस्तान्तरण गरी उद्घाटन गरे ।

Success

Thank you for your time.