default_image

5 years ago

March 28, 2019

प्रिन्स र रशिला च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले १५औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यु–१७ मा च्याम्पियन बनेका छन् । प्रिन्सले ब्वाइजको फाइनलमा एपिएफका पेम्बा शेर्पालाई २१–४, २१–८ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । यस्तै आर्मीकी रशिलाले गर्ल्सतर्फ मोरङकी सिमा राजबंशीलाई २१–१४ र २१–१५ ले पराजित […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले १५औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यु–१७ मा च्याम्पियन बनेका छन् ।

प्रिन्स दाहाल

प्रिन्सले ब्वाइजको फाइनलमा एपिएफका पेम्बा शेर्पालाई २१–४, २१–८ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । यस्तै आर्मीकी रशिलाले गर्ल्सतर्फ मोरङकी सिमा राजबंशीलाई २१–१४ र २१–१५ ले पराजित गर्दै च्याम्पियन बनिन् । प्रतियोगितामा ब्वाइजतर्फ एपिएफका प्रियांशु सिंह क्षेत्री र दिवस शंकरले तेश्रो स्थानमा चित्त बुझाए । गर्ल्सतर्फ मोरङकी निता लम्साल र सेनाकी रञ्जना भट्ट तेश्रो भए ।

हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको मिश्रित युगलमा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीले उपाधी उचाले । गत बर्षका बिजेता धामी र श्रेष्ठको जोडीले आफ्नै क्लबका बिजित थापामगर र शोभा गौचनको जोडीलाई २१–१० र २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । सेमिफाइलनमा दिपेश र पुजाको जोडीले आफ्नौ क्लका गौतमसिंह कठायत र सुनैना मुखियाको जोडीलाई तथा बिजीत र शोभाको जोडीले सेनाका सुरोज महर्जन र अमिता गिरीको जोडीलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थिए ।

रसिला महर्जन

यस्तै ५५ बर्ष माथिको प्रतिस्पर्धामा ग्यालेक्सी ब्याडमिन्टन क्लबका पुष्पराज ताम्राकार र राजु भुजुको जोडीले एपिएफका भरत कुमार श्रेष्ठ र सुरेश बमको जोडीलाई पराजित गर्दै पहिलो भए । धादिङका रमेश भट्टचन र बिष्णुलाल श्रेष्ठ तथा एपिएफका चुडामणी उपाध्याय र जंगबहादुर चन्दको जोडी संयुक्त रुपमा तेश्रो भए ।

४५ बर्ष माथिको प्रतिस्पर्धामा जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले बाजी मारे । पराजुली र श्रेष्ठको जोडीले जेष्टकै मुन्ना के।सी। र प्रेम घलेको जोडीलाई २१ । १३, २१ । १४ ले पाखा लगाउँदै उपाधी उचालेका हुन् । तेश्रो स्थानमा मंण्डलाको हरि खत्री र लोकेश्वर बखती तथा धनकुटाका योगेश्वर श्रेष्ठ र किरण प्रधानको जोडी रहे ।

डबल्स विजेता दिपेश धामी र पुजा श्रेष्ठ

३५ बर्षमाथि एपिएफका प्रेम कुमार श्रेष्ठ र चेत सिंह थापाको जोडीले उपाधी उचाले । श्रेष्ठ र थापाको जोडीले अफ्नै क्लबका राजु गौतम र लोक बहादुर थापाको जोडीलाई हराए । एपिएफका कुश बुढाथोकी र धिरेन्द्र चन्द तथा जिवेश कुमार पाण्डे र गणेश बहादुर मल्ल संयुक्त तेश्रो भए । ६ बिधाका खेलाडीहरुलाई आजनै पुरस्कार वितरण गरिएको थियो ।

Success

Thank you for your time.