default_image

5 years ago

April 23, 2019

जापान र थाइल्यान्डमाथि प्रिन्सको जित

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा नेपाली स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा आजबाट शुरु भएको सिंगा–रोजा बिटीवाई जुनियर इन्टरनेशनल च्यालेन्ज २०१९ मा विजयी सुरुवात गरेका छन् । प्रिन्सले यु–१७ तर्फ जापान र थाइल्यान्डका खेलाडीलाई पराजित गर्दै राउन्ड अफ ६४ मा पुग्न सफल भएका हुन् । प्रिन्सले राउन्ड अफ २५६ को खेलमा जापानका काकुटा कोसुकीलाई २१–६ […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा नेपाली स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा आजबाट शुरु भएको सिंगा–रोजा बिटीवाई जुनियर इन्टरनेशनल च्यालेन्ज २०१९ मा विजयी सुरुवात गरेका छन् ।

प्रिन्सले यु–१७ तर्फ जापान र थाइल्यान्डका खेलाडीलाई पराजित गर्दै राउन्ड अफ ६४ मा पुग्न सफल भएका हुन् । प्रिन्सले राउन्ड अफ २५६ को खेलमा जापानका काकुटा कोसुकीलाई २१–६ र २१–९ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरे । उनले राउन्ड अफ १२८ मा थाइल्यान्डका प्रेचा चान्थालाई २१–७ र २१–८ ले पराजित गर्दै राउन्ड अफ ६४ मा पुग्न सफल भएको अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर तथा लाइन जज उदय अर्यालले हाम्रो खेलकुदलाई जानकारी गराए ।

अब प्रिन्सले मलेसियाका स्यामुइल लिसँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्स दुवई इन्टरनेशनल जुनियर च्याम्पियनसिपको स्वर्णधारी पनि हुन् ।
प्रिन्स दाङको घोराहीमा आयोजना भएको आठौं अन्तर्गतको ४०औं राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप सकिएको भोलिपल्टै प्रतियोगिताको लागि थाइल्यान्ड प्रस्थान गरेका थिए ।

उनले आठौंमा पुरुष एकलमा कास्य जित्न सफल भएका थिए । उनले पुरुष टिम इभेन्टस्मा नेपाल नम्वर एक आर्मीका रत्नजित तामाङलाई पराजित गर्दै सनसनी मच्चाएका थिए ।

Success

Thank you for your time.