default_image

5 years ago

July 15, 2019

एक्रिडिटेसन कोर्षका लागि खड्का चीन जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टन एसिया एक्रिडिटेसन कोर्ष २०१९ मा भाग लिने कृतन खड्का मंगलबार चीन प्रस्थान गर्दैछन् । चीनको सुचौउमा हुने कोर्षमा भाग लिएपछि उनले ब्याडमिन्टन एसिया जुनियर च्याम्पिनसिपमा अम्पायरिङ गर्नेछन् । कोर्ष जुलाई १७ देखि १९ सम्म तथा त्यसपछि जुनियर च्याम्पिनसिप जुलाई २० देखि २८ सम्म हुने बताइएको छ । केहि महिना अघि नेपालमा […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टन एसिया एक्रिडिटेसन कोर्ष २०१९ मा भाग लिने कृतन खड्का मंगलबार चीन प्रस्थान गर्दैछन् । चीनको सुचौउमा हुने कोर्षमा भाग लिएपछि उनले ब्याडमिन्टन एसिया जुनियर च्याम्पिनसिपमा अम्पायरिङ गर्नेछन् ।

कोर्ष जुलाई १७ देखि १९ सम्म तथा त्यसपछि जुनियर च्याम्पिनसिप जुलाई २० देखि २८ सम्म हुने बताइएको छ । केहि महिना अघि नेपालमा इन्टरनेशलन सिरिजका दौरान भएको रिजनल अप्रेजल कोर्षमा उत्कृष्ट अंकका साथ उर्तिण भएपछि १९ वर्षे खड्का एक्रिडिटेसन कोर्षका लागि छनोट भएका हुन् ।

ब्याडमिन्टन एसियामा नेपालका दीपक थापा र ओम विक्रम राना सर्टिफिकेट लेभलका अम्पायर हुन् । उदय अर्याल, सुमित शाक्य र समन इकवाल एक्रिडिटेड अम्पायर हुन् । खड्का एक्रिडिटेसन कोर्षमा उर्तिण भएमा एक्रिडिटेड अम्पायर बन्नेछन् । अम्पायर थापा, अर्याल अन्य राष्ट्रिय अम्पायरले खड्कालाई सफलताको शुभकामनासहित विदाई गरे ।

Success

Thank you for your time.