default_image

8 years ago

June 19, 2016

सेनाका रत्न र पुलिसका विष्णु भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका रत्नजित तामाङ्ग र नेपाल पुलिसका विष्णु कटुवाल पाँचौं पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टनको पुरुष एकलको सेमिफाइनलमा भिड्ने भएका छन् । आइतबार रत्नजित, विष्णुसँगै सेनाका दिपेश धामी र भोजपुरका विकास श्रेष्ठ पनि सेमिफाइनलमा पुगेका छन् । अर्को सेमिफाईनलमा दिपेश र विकास हुनेछ । राष्ट्रिय खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका रत्नजित तामाङ्ग र नेपाल पुलिसका विष्णु कटुवाल पाँचौं पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टनको पुरुष एकलको सेमिफाइनलमा भिड्ने भएका छन् । आइतबार रत्नजित, विष्णुसँगै सेनाका दिपेश धामी र भोजपुरका विकास श्रेष्ठ पनि सेमिफाइनलमा पुगेका छन् । अर्को सेमिफाईनलमा दिपेश र विकास हुनेछ ।

2073.03.06 Tripureshore cover ma 5th Puspa Lall memorial rapiad batminton tournment ma Q final ratan Bishnu katuwal vs Bijeet Thapa photo Rajendra

राष्ट्रिय खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिको पुरुष एकलको खेलमा नम्बर एक रत्नले एपिएफका जोसेफ अधिकारीलाई २१–१३, २१–७ ले हराए । बिष्णुले एपिएफका विजीत थापामगरमाथी २१–१९, २१–११ ले पराजित गरे । दीपेशले आफ्नै क्लबका नविन श्रेष्ठलाई २१–७ र २१–११ले तथा विकासले एपिएफका सुदीप सेंढाईलाई २१–१६ र २१–९ले हराए ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाका खेलाडी दबदबा रह्यो । सेमिफाइनल पुग्ने सबै सेनाका खेलाडी हुन् । लिग चरणको खेलमा ३ जित हात पार्दै नङ्गशल देवी तामाङ्ग समूह क बाट पहिलो र अनुमाया राई दुई जितका साथ दोश्रो हुंदै अन्तिम चारमा पुगेका छन् । समूह ख बाट जेसिका गुरुङ्ग पहिलो र अमिता गिरी दोश्रो हुंदै सेमिफाइनल प्रवेश गरे । सेमिफाइनलमा नङ्गशलले अमिता र जेशिकाले अनुमायाको सामाना गर्नुछन् ।
लिग चरणको आज सम्पन्न खेलमा १२ औं सागकी कास्य पदक विजेता नङ्गसलले सेनाकै अनुमाया राईलाई २१–११ र २१–१२ ले पराजित गरिन् । यसैगरि जेसिकाले सुनैना मुखियालाई २१–१६, २१–१५, अमिताले एपिएफकी शोभा गौचनलाई २१–१३, १९–२१ र २१–१६ले र धनगढीकी दुर्गा भण्डारीले सेनाकी मेगा चन्दलाई २१–१८ र २१–११ले पराजित गरे ।
महिला जोडी तर्फ पनि नङ्गशलदेवी तामाङ्ग सेमिफाइनल प्रवेश गरेकी छिन् । सेनाकी नङ्गशलले अमिता गिरी संग मिलेर ब्रदर्श क्लबका डिना पुन र ज्योती सुब्बाको जोडीलाई २१–१५ र २१–१३ ले पराजित गरे । एपिएफका सिता राई र शोभा गौचनको जोडीले सेनाका सनैना मुखिया र जेसीकाको जोडीलाई २१–१२, २१–११, कैलालीकी दुर्गा भण्डारी र ललितपुरकी सुजा राईको जोडीले सेनाकै अनुमाया राई र मेघा चन्दको जोडीलाई २१–१८, २१–१८ तथा एपिएफकी पुजा श्रेष्ठ र विना तुलाचनको जोडीले ललितपुरकी पूर्णिमा राई र संगिता राईको जोडीमाथी २१–१३ र २१–१०को जित निकाल्दै सेमिफाईनलमा स्थान सुरक्षित गर्न सफल भए ।
पुरुष जोडी तर्फको खेलमा सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले ललितपुरका प्रनेश चित्रकार र दीपेश शाक्यको जोडीलाई २१–१० र २१–७ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडीले नवलपरासीका होमनाथ भण्डारी र सुदीप के.सी.को जोडीलाई २१–१५, २१–११ले, एपिएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडीले ललितपुरका शैलेश दाहाल र विशाल थापालाई २१–१० र २१–१०ले, भोजपुरका विकास श्रेष्ठ र ललितपुरका राम राईको जोडीले तिनचुलीका डि.बि. तामाङ र पर्साङ्ग शेर्पाको जोडीलाई २१–११ र २१–१२ले, एपिएफका सुदीप सेढाई र विजीत थापाको जोडीले डिबिसीका रामकुमार प्रजापती र लोकेन्द्र तिमल्सिनाको जोडीबाट वाकओभर, कैलालीका जितेन्द्र शर्मा र राजकुमार पोखरेलको जोडीले एपिएफका दिलिप गौचन र विदुर जङ्ग थापाको जोडीलाई २१–७, १५–२१ र २१–१९ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । पुलिसका बिष्णु कटुवाल र दीप बोहरा, एपिएफका पंकज चन्द र ईन्द महता, तथा दीपेश धामी र सुरोज महर्जनको जोडी पनि जित हात पार्दै अर्को चरणमा प्रवेश गरेका छन् ।

Success

Thank you for your time.